यार्सागुम्वा संकलन रोक

नन्दा शाही
डोल्पाः ः जिल्ला समन्वय समितिले र सर्वपक्षिय भेलाले जेठ १० गते यार्सागुम्वा खुल्ला गर्ने निर्णय जिल्ला विपत व्यवस्थापन समिति र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डोल्पाको वैठकले आज खारेज गरिदिएको छ ।

कोरोना महामारी फैलिदो अवस्थामा भएकाले यार्सागुम्वा संकलन खुल्ला गर्न नसकिने ठहर गर्दै समितिको आजको वैठकले यार्सागुम्वा संकलन कार्य बन्द गर्ने निर्णय गरेको हो प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिनुभयो । दैनिक डोल्पामा अहिले कोेरोनाबाट संक्रमित हुँनेको संख्या बढीरहेको उहाँले जानकारी दिनुभयो ।

सुरक्षा अंग तथा अन्य सरोकारवाला निकायले जिल्लाको अवस्था हरेर यो निर्याय लिन बाध्य भएको सशस्त्र प्रहरी वल डोल्पाका डिएस्पी सन्तोष सिंहले जानकारी दिनुभयो । चोरी ,निकासी तथा पैठारी हुँने कार्य पूर्ण रुपमा बन्द गर्न आफूहरु दिनरात खटिएको र अझ त्यो जिम्मेवारी बढेको उहाँले बताउनुभयो ।

 





error: Content is protected !!