स्वास्थ्यकर्मीको दरवन्दी विहिन ः कत्तै टेन्डर , कत्तै प्रक्रिया नै सुरु भएन

नन्दा शाही
जाजरकोट – जाजरकोटका चार स्थानीय तहमा अस्पताल बनाउका लागि संघीय सरकारले बजेट पठाएको बजेट बाट दुइ स्थानीय तहले टेन्डर मात्र गरेका छन् । बाँकी दुइ स्थानीय तहले टेन्डर समेत गरेका छैनन् ।
छेडागाड , बारेकोटले टेन्डर गरेका छन् भने जुनिचाँदे र नलगाडले टेन्डर नै गरेका छैनन् । नलगाड नगरपालिकाले जग्गा नपाएका कारण टेन्डरमा ढिला भएको छ भने जुनिचाँदेले डिपिआर नै नगरेका कारण यो वर्ष सुरु गर्न सकेको छैन । त्यस्तै भवन निर्माणका लागि बजेट पठाएको भएपनि दरवन्दी विवरण अहिले सम्मा नपठाएको बारेकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बीरराज सिंहले जानकारी दिनुभयो ।
बजेट आयो , दरबन्दी आएन
साविकको स्वास्थ्य संस्थामा रहेका चिकित्सक नपठाउदा गाउँपालिकाले करारमा चिकित्सक न्यूक्ति गरेर काम चलाउने काम भएको उनले बताए । त्यस्तै नलगाड नगरपालिकाले आफैले न्यूक्ति गरेको डाक्टरद्धारा सेवा प्रवाह भइरहेको बताएको छ ।
सरकारी दरवन्दीका डाक्टर स्वास्थ्य संस्थामा नआउदा आफैले न्यूक्ति गरेको डाक्टरद्धारा सेवा दिइएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
जुनिचाँदे गाउँपालिकाले पनि आफैले न्यूक्ति गरेको डाक्टरद्धारा सेवा प्रवाह गरिरहेको छ । छेडागाड नगरपालिकाले पनि आफै करारमा डाक्टर न्यूक्ति गरेको छ । सदरमुकाम देखि बाहिरका सवै पालिकामा रहेका स्वास्थ्य संस्थामा अक्सिजन विहिन अवस्थामा रहेको छ ।
सदरमुकाममा रहेको ५० शैयाको अस्पतालमा समेत अक्सिजन पलान्ट खरिदका लागि बोलपत्र भएपनि सो सामग्री कहिले आउछ भन्ने कुनै खास समय नभएको बताएको छ । अहिले २५ वटा सिलिण्डरमा बाहिरबाट अक्सिजन भरेर ल्याइ सेवा दिदै आएको अवस्था छ । एचडीयू सेवाका लागि २५ वेड राख्नुपर्नेमा ठाउँको अभावमा १५ वटा मात्र राखिएको छ ।
सरकारी दरवन्दीका डाक्टरले पाइला टेकेनन
सवै स्थानीय तहमा एमविविएस डाक्टरको दरवन्दी भएपनि सरकारी डाक्टरले अहिले सम्मा पाइला टेकेका छैनन् । स्थानीय तहले आफैले करारमा डाक्टर न्यूक्ति गरेर काम चलाएको बताएका छन् । निकै तामझाम सहित उद्घाटन गरिएको छेडागाडको अस्पतालमा बोडिङमा सञ्चालन गरिएको छ । नलगाड , बारेकोटमा भने सुविधा यूक्त भवनमा सेवा प्रवाह भइरहेको छ ।
भेन्टिलेटर छ , चलाउने जनशक्ति छैन
जिल्ला अस्पतालमा रहेको भेन्टिलेटर भएपनि सञ्चालनका लागि जनशक्ति नहुँदा प्रयोगमा आउन सकेको छैन । वर्ष दिन देखि थक्याएर राखिएको अस्पताल प्रशासनले बताएको छ । कर्णाली प्रदेश सरकारले दक्षजनशक्तिको दरवन्दी पठाएपछि मात्र भेन्टिलेटर प्रयोगमा आउने बताएको छ ।
निषेधाज्ञाको मिति २ जेठ सम्मा थप
वैशाख २५ गते निषेधाज्ञाको समय सकिन लाग्दा फेरी मिति थपिएको छ । कोरोना संक्रमितको संख्या २६९ पुगेसँगै फेरी जेठ २ गते सम्मा निषधाज्ञाको मिति थप गरिएको हो । यसै बीच कोरोना संक्रमित एक जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी जिल्ला संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका सात वटै पालिका, अस्पताल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरी बलले यस अघि नै निर्माण गरेका क्वारिन्टिन र आइशोलेसन बेडहरुलाई अक्सिजन सहितको सुरक्षित र व्यवस्थित रुपमा प्रयोगमा ल्याउनुको साथै जिल्लामा संक्रमितहरुको बृद्धिदरलाई मध्यनजर गरी थप क्वारिन्टिन र आइशोलेसनको व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताउनुभयो ।



