आकस्मिक स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

काठमाडौं ः नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्।

संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरूसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बताइएको छ।





error: Content is protected !!