यार्सागुम्वा नखुल्दै पाटन पुगेका एकको मृत्यु चार पक्राउ

नन्दा शाही
डोल्पा – यार्सागुम्वा संकलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका– ३ गज्र्याङकोटका १७ वर्षिय सुमन रावल लेक लागेर मृत्यु भएको छ ।
लेक लागेर विरामी भएका रावललको मंगलवार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गदै गर्दा उहाँको मृत्यु भएको डोल्पाका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।
त्यस्तै यार्सागुम्वा संकलन गर्नका लागि पाटन पुगेका ४ जनालाई निकुञ्जले पक्राउ गरी निकुञ्जको हिरासतमा राखिएको छ ।
लुकीछिपी पाटन गएर यार्सागुम्वा संकलन गर्न लागेका त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा, भान्का पाटन पुगेको खबर प्राप्त भए पछि निकुञ्जको गस्ति टोली पुगे पछि भागेर छल नजिक पुगेको अवस्थामा पक्राउ गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनु भयो ।
पक्राउ पर्नेहरु सबै जुम्लाका रहेका छन् । गरी जगदुल्ला क्षेत्र तिर पनि पाटन जान खोज्नेहरुलाई मध्यवर्ति समितिले बाटोमा रोकेको सुनिएको र विस्तृत जानकारी प्राप्त नभएको निकुञ्जको दावी छ ।



