दैलेखमा टिपर दुर्घटना, दुईजना बेपत्ता

दैलेख ः आठबिस नगरपालिका–४ खोटेसल्लामा मंगलवार राति भएको टिपर दुर्घटनामा दुई जना बेपत्ता रहेको अनुमान गरिएको छ।

कर्णाली राजमार्ग अन्तर्गतको खोटेसल्लामा करिब सवा ९ बजे टिपर दुर्घटना भएको हो। टिपर १ ५० मिटर तल कर्णाली नदिमा खसेको प्रहरीले जनाएको छ।

लमहीबाट जुम्लातर्फ सिमेट लगेर जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपरका चालक र सहचालक बेपत्ता रहेको हुन सक्ने प्रहरीको अनुमान छ। तर, टिपरमा कति जना थिए भन्ने अहिलेसम्म खुलेको छैन। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार कर्णाली नदीको बहाव बढेकाले उद्धारमा कठिनाइ भएको बताए।





error: Content is protected !!