कर्मचारी, स्वास्थ्यकर्मीलाइ कोरोना संक्रमण भएपछि सेवा प्रवाह प्रभावित

जाजरकोट ः स्वास्थ्य संस्थाका साथै स्थानीय तहका कर्मचारीलाइ कोरोना संक्रमण भएपछि जाजरकोटका स्थानीय तहले सेवा प्रवाह कटैती गरेका छन् ।
भेरी नगरपालिका, छेडागाड नगरपालिका , शिवालय गाउँपालिका र नलगाड नगरपालिकाका कर्मचारीहरुमा कोरोना देखिएको छ । त्यस्तै छेडागाड नगर अस्पतालका स्वास्थ्यकर्मी , भेरी नगरपालिकाका स्वास्थ्यकर्मी र नलगाड नगरपालिकाका स्वास्थ्यकर्मीलाइ पनि कोरोना देखिएको छ ।
कोरोना देखिएसँगै सेवा प्रवाहमा समस्या भएको भन्दै कटैती गरिएको हो । उसो त जाजरकोटमा निषेधाज्ञा जारी समेत गरिएको छ ।



