७१ रोपनीमा लगाइएको अफिम खेती नष्ट

जाजरकोट ,नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ ।
नगरपालिकाको वडा नंम्वर २ नहकुली ४ रोपनी, ३ नम्वर वडाको काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे ८ रोपनी,द्धारेमा ८ रोपनी, वडा नम्वर ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा ७ रोपनी, किटालेखमा साढे ६ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाएको अफिम प्रहरीले नष्ट गरेको हो ।

जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाले कानुनले प्रतिवन्ध लगाएको अफिम खेती नष्ट गर्न प्रहरीले ४ दिनको अभियान चलाएको र यस वारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताउनुभयो ।

विभिन्न भागहरुमा अवैध रुपले लगाइएका सवै गाजा खेतीहरु नष्ट गर्ने आफूहरुको अभियान रहेको र यसमा जनताले सहयोग गर्नुपर्ने प्रहरी प्रमुख थापाले बताउनुभयो ।

प्रहरीले घरेलु मदिरा नियन्त्रण, गाजा खेती नष्ट,जुवातास नियन्त्रण तथा न्याय र शान्तिसुरक्षामा नकरात्मक असर पार्ने सवै प्रकारका गतिविधिहरु विरुद्ध प्रहरी आक्रामक रुपमा लागेको उहाँले बताउनुभयो । जनता र प्रहरीको सहकार्यले जिल्लामा अपराध र असुरक्षा घटाउन मदत गर्ने उनको भनाइ छ ।





error: Content is protected !!