प्रधानमन्त्रीका दुई सन्देश ः नयाँ गठबन्धन बनाउन खोजे संसद् विघटन, समर्थन फिर्ता लिए राजीनामा

कहिलेकाहीँ कृत्रिम ढंगले केही मान्छेले संसदीय अंकगणितलाई यताबाट उता सार्दिन्छन्, मिलाइदिन्छन् । संसदीय गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने देश, जनता र विकासको आवश्यकताको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ ।

-आज मागेको हो र राजीनामा, मागेको–माग्यै छन् त । मागेपिच्छे म कसरी दिन सक्छु ? ’ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ गर्दै ओलीले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ । राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न  ?

कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको अर्को दिन प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन र आफ्नो राजीनामाको सम्भावना देखाएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार बालुवाटारबाट शुभारम्भ गर्दै ओलीले सधैँ संसद्को अंकगणितले सही निर्णय दिन नसक्ने र त्यस्तो कोसिस भए संसद् विघटन हुन सक्ने प्रधानमन्त्री ओलीको संकेत छ । यसबाहेक प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले सर्मथन फिर्ता लिए आफ्नो राजीनामा आउने पनि बताएका छन् ।

संसद्मा अनुपयुक्त ढंगले अंकगणितको खेल हुने र त्यसले अनुपयुक्त आकार लिने सम्भावना आएमा फेरि ताजा जनादेशमा जान बाध्य हुने ओलीको भनाइ छ । ‘कहिलेकाहीँ कृत्रिम ढंगले केही मान्छेले संसदीय अंकगणितलाई यताबाट उता सार्दिन्छन्, मिलाइदिन्छन् । संसदीय गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्छ भन्न सकिँदैन,’ ओलीले भने, ‘त्यस्तो भयो भने देश, जनता र विकासको आवश्यकताको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ ।’

संसद्मा देश, जनता र विकासको आवश्यकताबारे बहस हुनुपर्नेमा त्यसविपरीतका खेल भए ताजा जनादेशमा जानुबाहेकको विकल्प नहुने उनको तर्क छ । ‘देश, जनता, विकासको आवश्यकताअनुसारको अंकगणित जनप्रतिनिधि संस्थाहरू, खासगरी संसद्लाई बनाउनुपर्छ । यदि त्यो भएन र आवश्यकताभन्दा विपरीतको अंकगणित, विभिन्न व्यक्तिको स्वार्थको खेलबाट अगाडि गए ताजा जनादेशमा जानुपर्छ,’ ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए पदबाट राजीनामा दिने पनि बताएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनको पहल थाल्ने निर्णय लिएको अर्को दिन ओलीको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री ओलीले समर्थन फिर्ता नलिने, तर निरन्तर राजीनामा माग्ने बेठीक भएको भन्दै राजीनामाका लागि समर्थन फिर्ता सर्तका रूपमा अगाडि सारे ।

‘आज मागेको हो र राजीनामा, मागेको–माग्यै छन् त । मागेपिच्छे म कसरी दिन सक्छु रु’ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ गर्दै ओलीले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ ।’

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने मागिरहने कुरा बेठीक भएको उनको तर्क थियो । ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न  ? ’ ओलीको भनाइ थियो ।

पूर्ववत् पार्टी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि पनि सरकारमाथिको समर्थन कायमै राखेको माओवादी केन्द्रले त्यसबारे ठोस निर्णय लिन आइतबार स्थायी समिति बैठक डाकेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले अर्थपूर्ण भनाइ सार्वजनिक गरेका हुन् ।

वडासम्मै कमिटी बनाउने खनाल–नेपाल समूहको घोषणा

डेढ–दुई महिना संगठन निर्माणमा परिचालित हुने गरी अभियान चलाउन लागेका हौँ – रघुजी पन्त

केपी ओलीले निर्वाचित कमिटीहरूलाई अस्वीकार गर्दै मनलाग्दी आफ्ना कमिटीहरू बनाएर कार्यकर्ताबाट निर्वाचित साथीहरूमाथि एक प्रकारको कारबाही नै गर्नुभो । त्यसैले हामीले निर्वाचित कमिटीलाई नै वैधता दिने र निष्क्रिय कमिटीहरूलाई वडा तहसम्म पुनव्र्यवस्थित गर्न कमसेकम डेढ–दुई महिना संगठन निर्माणमा परिचालित हुने गरी अभियान चलाउन लागेका हौँ ।

एमाले विवादमा राष्ट्रपति भण्डारीको चासो – खनालको घरमै पुगेर पार्टी एकताबद्ध बनाउने भूमिका खेल्न आग्रह

अहिले पार्टीमा कतिपय समस्या उत्पन्न भइरहेको वेलामा राष्ट्रपति आउनुभएको हो । मैले पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने सोचिरहेको छु भनेँ । राष्ट्रपतिज्यूले पनि लोकतन्त्र बलियो बनाउन पार्टीहरू नै बलियो हुनुपर्छ, सबै पार्टीहरू बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना छ भन्नुभयो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विवादमा चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई आग्रह गरेकी छिन् । खनालनिवास डल्लुमा पुगेर राष्ट्रपति भण्डारीले शनिबार उनीसँग भेटर्वार्ता गर्दै एमाले विवादमा चासो व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीको यो ‘मुभ’ले एमाले विवाद निकै गम्भीर मोडमा पुगेको संकेत गरेको छ ।

सत्तारुढ दल एमालेभित्र खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर गतिविधि चलाइरहेका वेला राष्ट्रपति भण्डारीको भेटर्वार्तालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न वरिष्ठ नेता खनाललाई आग्रह गरेकी थिइन् । खनालले पनि राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको जानकारी दिए ।

‘हामीले केहीबेर कुराकानी ग¥यौँ । अहिलेको वर्तमान स्थितिबारे पनि अलिकति कुराकानी भयो । उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, राष्ट्रपतिको हैसियतले मेरो यही चाहना छ भन्ने विचार व्यक्त गर्नुभयो,’ भेटपछि खनालले सञ्चारकर्मीहरूसँग भने । जवाफमा खनालले आफू पनि पार्टी र लोकतन्त्रलाई बलियो बनाउने काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘अहिले पार्टीमा कतिपय समस्या उत्पन्न भइरहेका वेला यहाँ आउनुभएको छ । सबै पार्टी बलिया भए, सुदृढ भए, एकताबद्ध भए भने मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु हो, पार्टीहरू बलियो हुने कुरा हो । पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन । त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु,’ राष्ट्रपतिसँगको कुराकानीबारे खनालले भने, ‘राष्ट्रपतिज्यूले पनि तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउन पार्टीहरू नै बलियो हुनुपर्छ । सबै पार्टी बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।’

राष्ट्रपति कार्यालय स्रोतले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी उनको निवास डल्लु पुगेको जानकारी दिएको छ । केही समययता खनाल मिर्गौला रोगबाट पीडित छन् ।

राजनीतिले कोल्टे फेरेको छ, सम्भवतः छिटै नयाँ सरकार बन्छ

कपिलवस्तुरमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिले कोल्टे फेरेको र सम्भवतः छिटै नयाँ सरकार बन्ने दाबी गरेका छन् । ‘हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो, खासगरी कांग्रेसले प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ,’ शनिबार कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले भने, ‘सम्भवतः छिटै नयाँ सरकार बन्नेछ । नयाँ परिस्थिति बन्नेछ ।’ शुक्रबार कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको थियो ।





error: Content is protected !!