यातायात समितिको विषयमा विवादपछि झडप हुँदा एकको मृत्यु

जाजरकोट – यातायात समितिमा आवद्ध यूवाहरु बीच भएको विवादका कारण झडप हुँदा एक युवाको मृत्यु भएको छ । नलगाड नगरपालिका –४ का ३५ वर्षीय नरेश रावलको बारेकोट गाउँपालिका २ देउल स्थित खोलामा शुक्रबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

 सुजन कार्की र विकास रावल घाइते भएका छन् । जाजरकोट डोल्पा यातायात समितिका युवाहरुबीच विवादपछि झडप भएको थियो । घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरी सदरमुकाम ल्याउँदै गरेको डिएसपी मधु थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





error: Content is protected !!