पत्रकार महासंघको निर्वाचन चैत २५ मा

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ ।

महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति तय गरेको हो । महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ ।

बैठकले चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । निर्वाचनको थप कार्यतालिका निर्वाचन समितिले बनाउने बताइएको छ ।





error: Content is protected !!