माधव नेपाललाई राष्ट्रपतिदेखि प्रधानमन्त्री बन्नेसम्मको केपी ओलीको प्रस्ताव, सुनाए चिनियाँले

काठमाडौं । एमालेभित्रको विवाद निकै उत्कर्षमा छ । पार्टी अध्यक्षका नाताले केपी ओलीले विवाद मिलाउने भन्दा भत्काउने र विगार्न लागेको आरोप लाग्यो । प्रतिशोधको भावनाबाट उत्प्रेरित भई फागुन २८ गते केन्द्रीय कमिटी विस्तार गर्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद चर्काउने काम भयो । सोही विवादको क्रम उत्कर्षमा पुगेकै बेला बुधबार नेपाल पक्षले सानेपामा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरी ओलीलाई चुनौति दियो । त्यसो हुनुअघि एमाले पार्टीका शीर्ष नेताहरुको बीचमा के कस्ता विषयहरुमा छलफल भएको थियो त्यो सबैलाई चासो भएको छ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले २०७५ साल जेठ २ गते अघिको अवस्थामा पार्टी आइपुगेपछि उनीहरुले शुरुमै ओलीबाट पुरानो केन्द्रीय कमिटीको बैठक राख्न आग्रह गरेका थिए । त्यस आग्रहलाई वेवास्था गर्दै ओलीले माओवादी केन्द्रबाट आफूलाई साथ दिएर वर्तमान सरकारमा समेत सहभागी भएका केही मन्त्री र २३ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरी आफ्नो पक्षमा बहुमत बनाए । ओलीले आफ्नो पक्षमा बहुमत बनाएपछि नेपाल खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसिदिए ।

त्यसपछि भने ओली निकै ठूलो दबबमा परे । ओली दबाबमा परेपछि आइतबार अर्थात चैत १ गते ओलीले माधव नेपाल सहितका नेताहरुसँग छलफल गर्न बाध्य भए । छलफलमा कुरा नमिलेपछि आइतबार साँझ चिनियाँ कम्युनिष्ट पार्टीको समूहले ओली र नेपाल दुवैलाई भेटघाट गर्यो । नेपालभित्र कम्युनिष्ट पार्टीको अध्ययन गरिरहेको चिनियाँ समूहले आइतबार साँझ दुवै नेताहरुलाई अलग अलग भेटघाट गरेपछि सोमबार विहान नेता नेपाललाई राष्ट्रपति बन्ने प्रस्ताव लिएर एउटा समूह पुग्यो । त्यो कुटनीतिक समूहले ओलीकै तर्फबाट राखेको त्यो प्रस्तावलाई नेपालले तुरुन्तै अस्वीकार गरे । नेपालले राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेको केही समयपछि अर्को समूहले नेपाललाई प्रधानमन्त्री बन्न तयार हुनु र त्यसका लागि ओलीसँग वार्ता गर्न र भेला रोक्नुपर्ने शर्त राख्यो । तर नेपालले यो विषय अहिले मलाई नसुनाउनु पार्टीभित्र ओलीको धेरै दादागिरी बढ्यो अहंकार बढेको छ नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशयी भएको छ भन्दै सो समूहलाई फिर्ता गरेपछि मंगलबार ओली समूह नेपाल समूहमाथि आक्रोसित बन्न थाल्यो ।

डिसेम्बर २५ देखि नै नेपालमा रहेको चिनियाँ कुटनीतिक समूहले कम्युनिष्ट पार्टीको एकतालाई कायम राख्ने र निर्वाचनसम्म कार्यगत एकताको पहलसम्म गराउने गरी क्रियशील रहेको छ । वामपन्थीकै सरकार कायम राख्नेगरी माधव नेपाललाई प्रधानमन्त्री बनाएर भएपनि अहिलेलाई कम्युनिष्ट पार्टीलाई कार्यगत एकताको चरणमा लैजाने सो समूहको उदेश्य रहेको छ । तर पनि अहिलेसम्म सफल भएको छैन । माधव नेपाललाई प्रधानमन्त्री बनाउने हो भने माओवादी केन्द्रको समर्थन रहने र एमालेमा पनि बलियो एकता हुने अध्ययन गरी सो समूहले राष्ट्रिय कार्यकर्ता भेला रोकेर ओलीसँग संवाद थाल्न आग्रह गरेको थियो । तर नेपालले बुधबार सो भेलाको आयोजना गरेपछि ओलीले बुधबार नै एउटा विद्युतीय मिडियालाई अन्तरवार्ता दिएर नेपाललाई पक्षलाई कारवाही गर्ने चेतावनी दिए ।





error: Content is protected !!