एमाले फिर्ता लियो मुख्यमन्त्री शाहीलाई गरेको समर्थन

सुर्खेत ः नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गरेको समर्थन फिर्ता लिएको छ । नेकपा एमाले आली पक्षका १० जना प्रदेशसभा सांसद उपस्थित बैठकले माओवादी केन्द्रका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एमाले पुर्नस्थापना भइसकेपछि नेकपा एमालेको व्यवस्था अनुसारको व्यवस्था गर्न संसद सचिवालयलाई निर्देशन गर्ने, सरकारमा रहेको समर्थन फिर्ता लिने, मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिने, दलको नेताको रुपमा यामलाल कँडेललाई दिने, संसदीय दलको बैठकमा अनुपस्थित सांसदलाई स्पष्टीकरण माग्ने निर्णय गरेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।





error: Content is protected !!