विद्यालयलाइ प्रविधिमैत्री बनाउन कम्प्युटर सहयोग

हेमन्त केसी
जाजरकोट – विद्यालयलाई प्रविधि मैत्री बनाउका लागि तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कम्प्युटर वितरण गरेको छ ।  यहाँका १३ वटा विद्यालयमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

३ वटा माध्यमिक विद्यालय , ३ वटा आधारभुत विद्यालय र ७ वटा प्राथमिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको अध्यक्ष शाहीले बताउनुभयो । त्यस्तै कम्प्युटर सञ्चालनका लागि १२ विद्यालयलाई सैर्य उर्जा (सोलार) वितरण गरिएको हो । माध्यमिक स्तरका विद्यालयमा इन्टरनेट सेवा समेत उपलव्ध गराएको छ ।

पाठ्यक्रममा कम्प्युटर विषय पढाइ भएपनि प्रयोगात्मक नहुँदा विद्यार्थीहरुको पढाइमा समस्य आएपछि गाउँपालिकाले कम्प्युटर विद्यालयलाइ उपलव्ध गराएको हो ।

लोकसेवा, प्राविधिक देखि इन्जिनियर पढाउदै गाउँपालिका

त्यस्तै निम्न तथा आर्थिक अवस्था कम्जोर भइ पढ्न बाट बन्चित भएका १०० जना विद्यार्थीलाई विद्यालयको सिफारिसका आधारमा रु १० हजार रुपैयाँ छात्रवृती उपलव्ध गराएको छ ।

आर्थिक अभावका कारण विद्यालय छोड्न बाध्य हुँनबाट रोक्नका लागि यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै प्राविधिक क्षेत्रमा पढ्ने १३ जना विद्यार्थीलाई रु ४५ हजारका दरले आर्थिक सहायता गरिएको छ । निम्न बर्गका विद्यार्थीलाई मात्र यो रकम उपलव्ध गराएको पालिकाले जनाएको छ ।

त्यस्तै आफ्नै गाउँपालिकाबाट इनि्जनियर उत्पादन गर्नका लागि ४ जनालाई रु १ लाखका दरले अनुदान रकम सहयोग गरिएको छ । त्यस्तै निजामती कर्मचारी उत्पादनका लागि ३० जनालाई रु ३० हजारका दरले अनुदान रकम उपलव्ध गराएर लोकसेवा आयोगको तयारीमा पठाएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रबाट सवारी चालक बन्न चाहेका तर आर्थिक नहुँदा तालिम लिनबाट बनि्चत रहेका निम्न अवस्थाका १३ जना यूवा तथा यूवतीलाई रु ३४ हजारका दरले रकम उपलव्ध गराएर तालिममा पठाएको छ ।

यो रकम दुइ किस्तामा उपलव्ध गराइने बताएको छ । सुरुमा आधा र तालिम सिकोर प्रमाणपत्र पाएपछि बाँकी रकम भुक्तानी दिइने गाउँपालिकाले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!