ककफाइटका लागि खुट्टामा चक्कु राखिएको भालेले लियो मालिकको ज्यान

एजेन्सी-  तेलंगना, भारतको तेलंगनामा ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको छ।

प्रतिष्पर्धी भालेसँग जुध्न खुट्टामा चक्कु बाँधेर पठाउन थालेको भाले भागेपछि मालिकले दौडेर समाउन खोजेका थिए। त्यही क्रममा भालेको खुट्टामा रहेको चक्कु उनको पेट र तीघ्राबीचको भागमा लागेको थियो।

अस्पतालमा पुग्नुअघि अत्याधिक रक्तश्राव भएकाले मालिकको मृत्यु भएको प्रहरीले जनाएको छ
केही दिनअघि तेलंगनाको लोथुनुर गाउँमा १६ जना मिलेर भाले जुधाइ प्रतियोगिता आयोजना गरेका थिए। भारतमा यस्ता प्रतियोगिता प्रतिबन्धित भए पनि गैरकानुनी रूप आयोजना भइरहन्छन्।

मालिकको मृत्यु भएपछि उक्त भालेलाई केहीबेर प्रहरी चौकीमा राखिएको थियो र पछि एउटा पोल्टी फार्ममा पठाइयो।





error: Content is protected !!