आतंकवादी संगठनले भन्यो ः अम्बानीको घरअगाडि विस्फोटक पदार्थ राख्ने हामी हौं

भारतका ठूला उद्योगपति मुकेश अम्बानीको घरअगाडि हालै फेला परेका परिवारै मार्ने धम्की दिइएको पत्र र विस्फोटक पदार्थ आफूले राखेको आतंकवादी संगठन जैस उल हिन्दले बताएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार टेलिग्राफ एपको माध्यमार्फत उसले घटनाको जिम्मा लिएको हो।

यसअघि इजरायली दूतावासबाहिर भएको विस्फोटको जिम्मेवारी पनि सोही संगठनले लिएको थियो।

अनुसन्धान एजेन्सीलाई चुनौती दिँदै त्यो आतंकवादी संगठनले भनेको छ ? रोक्न सक्छौ भने रोक, तिमीले केही गर्न सकेनौ हामीले तिम्रो नाकैमुनि दिल्लीमा मला गर्दा तिमीले केही गर्न सकेनौ।’

पत्रको अन्तिममा अम्बानीलाई चेतावनी दिइएको छ स् तिमीलाई थाहा छ कि तिमीले के गर्नुपर्छ। बस्, पैसा पठाइदेऊ, जुन तिमीले पहिले गरेका थियौ।’





error: Content is protected !!