शैक्षिक सुधारका लागि अध्यक्षसँग संवाद

प्रेम विक
जाजरकोट ः भेरी नगरपालिकाले यहाँका ४० सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग शैक्षिक सुधारका लागि संवाद गरिएको छ ।

विद्यालयको अवस्था सुधार गरि नेतृत्व विकासका साथै स्रोत साधनको सही सदुपयोगमा टेवा पुगोस भनेर सो संवाद गरिएको हो । भेरी नगरपालिकामा ५५ सामुदायिक विद्यालय भएपनि ४० विद्यालयका अध्यक्षहरु छलफलमा सहभागी थिए ।

विद्यालयका अध्यक्षसँग हुँने यस्ता खालका छलफलले विद्यालयको सुधारमा मात्र सहयोग नपुगी अन्य विद्यालयमा भएका अभ्यासका विषयमा पनि अनुभव साटासाट हुँने अन्तरक्रियाका सहभागीले बताएका थिए । नगरप्रमुख चन्द्रप्रकास घर्तीले विद्यालयका समस्या र समाधानका विषयमा धारणा राख्नुभएको थियो ।





error: Content is protected !!