छुट पुर्जी नै नभएको ७ हजार केजि जडिबुटी भेटियो, व्यापारी भने सम्पर्क विहिन

इन्द्र बुढाथोकी
सल्यान ः सल्यानको सल्लीबजारमा जाजरकोटबाट जडिबुटी ढुवानी गरेका दुई ट्रक मंगलबार नियन्त्रणमा लिई खानतलासी गर्दा ७ हजार केजी बढी ६ प्रकारका जडिबुटी फेला परेको छ ।
ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिई अनुसन्धान गर्दा छुट पुर्जी नै नभएको जडिबुटी भेटिएको छ ।
छुट पुर्जी भएको कालोकाठ, पदमचाल, बोझो जरा, पाषणवेद ,लोक्ता र टिमुर गरी ९ हवार ३ केजी रहेको छ भने छुट पुर्जी नै नभए सुगन्धबाला (समायो) विषफेज, अमला, काउलो र चुत्रोको बोक्रा गरी ७ हजार ७ सय ५८।९८ केजि जडिबुटी अवैध तरिकाले पैठारी हुन थालिएको डिभिजन बन कार्यालय सूचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिनुभएको छ ।
लम्सालका अनुसार उक्त जडिबुटी व्यापारी अहिले सम्पर्क बिहिन भएको बताउनु भएको छ । ट्रक चालक तुलाराम थापालाई अनुसन्धानको लागि राखिएको छ भने अर्को ट्रक चालक गणेश विकसहित जडिबुटी व्यापारी रामप्रसाद चौलागाईं सम्पर्कमा नरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिनु भएको छ उहाँ दुबै जनाको खोजतलास कार्य जारी रहेको समेत जनाएको छ । मुद्दा चलानको लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।
व्यापारी राम प्रसाद चौलागाईं ईलाका प्रहरी कार्यलय सल्लीवजारमा मुचुल्का गराउँदै गर्दा सम्पर्क विहिन भएको जनाएको छ । चौलागाईंको खोजी भैरहेको जनाएको छ । छुट पुर्जी बेगरको सबै जडिबुटी जिल्ला वन कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।
सोही विषयलाई लिए केही दिन अघि मात्रै सल्लीमा सरुवा भैइ आउनु भएका ईलाका इन्चार्ज देउवहादुर चन्दलाई समेत अनुसन्धानका लागि जिल्ला तानिएको छ भने सोहि ठाउँमा ईलाका इन्चार्जको रुपमा कमल आचार्यलाई पठाएको छ । सल्लीबजार भन्दा माथिल्लो जाजरकोट र सुर्खेतका विभिन्न चेक पोइन्टहरुबाट निर्वाध रुपमा ती ट्रक सल्ली आइपुगेका थिए । चेकजाँचमा कडाई नहुँदा छलि गरेर अवैध सरसामान सल्लीवजार नाकाबाट जडिबुटी, काठ र अन्य थुप्रै चिजहरु सधैं पैठारी हुने गरेको छ ।
। सम्पर्क विहिन व्यापारी र उनका आफ्न्तहरुले विहिवार विहानसम्म निर्दोष व्यापारीलाई प्रहरीले दुख दिनका लागि यो खेल गरेको जनाएका थिए । निकै कडारुपमा उत्रिएका उनीहरु भने एकाएक सबै सम्पर्क विहिन भएका छन् । मुचुल्का तयारी हुनै थाल्दा उनीहरु बहाना बनाई सम्पर्कमा नआएको जनाएको छ ।








