के हो डिजिटल लर्निङ ः किन छ यसको महत्व ?

डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो । जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ । डिजिटल लर्निङमा अनलाइन लर्निङ मात्र नभएर ब्लेण्डेड लर्निइङ, फ्लीप्ड लर्निङ, पर्सनलाइजड लर्निङ जस्ता कुराहरु पर्ने गर्दछन् ।

डिजिटल लर्निङले पढाइको गुणस्तरीयता वृद्धिमा सहयोग पुर्‍याउँछ । विद्यार्थीलाई प्राविधिक उपकरण दिएर मात्रै डिजिटल लर्निङ हुदैन् र सोका लागी प्रयोग गर्ने तरिका पनि सिकाउनुपर्ने हुन्छ । यसले उन्नत र नवीन विचार ल्याउन प्रोत्साहित पनि गर्ने गर्दछ ।

डिजिटल लर्निङले पढने अनुभवलाई अझै रमाइलो बनाउँछ । त्यस्तै विद्यार्थीको प्रगतिलाई पनि डिजिटल लर्निङको मद्दतले ट्रयाक गर्न सकिन्छ । यसले सकारात्मक रुपमा विद्यार्थीको विकास र उपब्धिका लागि सहयोग गर्छ ।

डिजिटल लर्निङले परम्परागत शिक्षण प्रक्रियालाई परिमार्जित गरिरहेको छ । समान्यता ई बोर्डको प्रयोग या विस्तृत सफ्टवेयरको प्रयोग दुवै तरीका डिजिटल लर्निङकै अन्तरगत नै पर्दछ । यसले विद्यार्थीहरुलाई पढाइमा अझै रुची बढाउँछ ।

लर्निङ उपकरण र प्रविधिले विद्यार्थीहरुलाई स्वत सिक्न सक्ने सीपको पनि विकास गराउँछ । डिजिटल लर्निङले विद्यार्थीहरुलाई विचारक पनि बनाउँछ । त्यस्तै यसले अनुशासन र मिहिनेत गर्न पनि सिकाउँछ ।





error: Content is protected !!