जगदुल्ला हाइड्रोपावरको क्षमता १८८ मेगावाट र लागत ३ अर्ब घटाइयो

जाजरकोट – जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिएको छ। आयोजना निर्माणको कूल लागत १९ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

अनुमानित लागत २२ अर्बबाट घटाइ १९ अर्ब रुपैयाँ हाराहारी अनुमान गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएपनि भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ। आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्नेछ भने जगदुला गाउँपालिका वडा १ र २ मा ड्याम निर्माण गरिनेछ।

आयोजना बनाउन पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ। अर्धजलाशय आयोजनाको निर्माणकार्य ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ। करिब ७ दशमलव १ किलोमिटर भूमिगत सुरूङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ। ६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ। स्थानीयबासीले आयोजनाको १० प्रतिशत सेयर प्राप्त गर्नेछन्‌।

​इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजार रुपैयाँका दरले मुआब्जा वितरणकार्य पनि आयोजनाले पूरा गरेको छ।

८२ मेगावाटको अर्को आयोजना

१०६ मेगावाट क्षमता रहनेगरी निर्माण तयारी भइरहेको जगदुल्ला जलविद्युत आयोजनाले ८२ मेगावाटको ’जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० सार्वजनिक गरेर सरोकारवालाहरूको राय संकलन पनि गरिसकिएको आयोजना प्रमुख सञ्जय सापकोटाले बताए।

क्यासकेड आयोजनाको रूपमा ुजगदुल्ला एु पनि निर्माण गर्दा अर्ध(जलाशयको लागत पनि घट्ने र दुवै आयोजनालाई आकर्षक आयोजना बनाउन सकिने बताएको छ।

विद्युत उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत कम्पनीमा अति विपन्न परिवारलाई दुई प्रतिशत सेयर सुरक्षित गरिएको छ। सर्वसाधारणलाई १७ र आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आयोजनाको १० प्रतिशत सेयर दिने बताइएको छ।

विद्युत उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ। त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष र दूरसञ्चार कम्पनीको १०र१० प्रतिशत सेयर छ।

पहुँच सडक निर्माणकार्य थालिँदै

निर्माण कार्य अघि बढाउन आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण कार्य अघि बढाउन लागिएको छ।

जाजरकोट – डोल्पा सडक खण्ड बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माण थाल्न लागिएको हो। करिब ३० किलोमिटर सडक निर्माण गर्न बोलपत्र आह्वान गरी निर्माण प्रकृयाका लागि पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिएका छन्‌।
​​

३८ करोड १० लाख रुपैयाँ लागत स्टिमेटअनुसार काम शुरू गर्न लागिएको शाहीले बताए। त्रिवेणी,नर्कु र सर्मी हुँदै जुम्ला जोड्ने मुख्य सडकको रूपमा रहेको यो रुटको निर्माण थालिएसँगै विकासको ढोका खुलेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकासँगै छिमेकी जिल्ला जुम्लासम्म सडक विस्तार गर्न पनि सहज हुने शाहीको भनाइ छ।

अघिल्लो वर्ष बोलपत्र आह्वान गरेपनि रद्द भएको थियो। सडक निर्माण थाल्न लागिएसँगै अहिले भने स्थानीयहरू खुशी भएका छन्‌। करिब ३० किलोमिटर लम्बाइ रहने यस सडकखण्डमा अब बाँकी ११ किलोमिटर काम थाल्न लागिएको हो।

बीचमा गरिएको काम सन्तोषजनक नभएकाले निर्माण जिम्मेवारी लिएको व्यवसायीले तोकिएको समयमा काम गर्नुपर्ने प्रदेशसभा सदस्य शाहीले बताए।

यही सडक खण्डको जाजरकोट, रुकुम पश्चिम आठबीसकोट नगरपालिका र डोल्पाको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि बोलपत्र आह्वान गरी काम थाल्न लागिएको छ। जगदुल्ला हाइड्रोपावर कम्पनीले सो ठेक्का खोलेको थियो।

काइगाउँ, जगदुल्ला गाउँपालिका–४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका–२ जोड्ने पक्की पुलको निर्माणका लागि डीपीआरको काम शुरू भई निकट भविष्यमा पुल निर्माणको काम शुरू गर्ने बताइएको छ।

डोल्पाको दुनैसम्म सडक निर्माण भएर यातायातका साधन सञ्चालनमा आएपनि तल्लो डोल्पाकै दुई स्थानीय तहभित्र सडक निर्माण नहुँदा यातायातका साधनहरू सञ्चालन हुन सकेको थिएन।

जगदुल्लाको काइगाउँमा ड्याम र मुड्केचुलाको इलमा विद्युत उत्पादन गृह निर्माण हुन लागेको र अर्को नयाँ जलविद्युत आयोजनाको लागि प्रकृया शुरू भएसँगै सडक निर्माण तत्काल गर्न दवाव परेको हो।

यो आयोजनामा अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको ५/ ५ प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवर्द्धक सेयर छ।




सम्बन्धित समाचार


error: Content is protected !!