सर्वोच्चको निर्णयलाई सम्मान गर्न सकिन्न ः उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रमको कदमलाई निस्तेज बनाउने काम भयो

काठमाडौं – मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गरेसँगै सत्ता पक्ष र प्रतिपक्षबाट विभिन्न प्रतिक्रिया आउने क्रम जारी छ। पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्दै प्रतिनिधि सभा विघटन गरेका थिए।
त्यसपछि सर्वोच्च अदालतमा यसविरुद्ध विभिन्न १३ रिट परे। जसको सुनुवाई संवैधानिक इजलासबाट भयो। मंगलबार ओलीको कदम असंवैधानिक ठहरियो। र, १३ दिनपछि संसद बैठक बोलाउन अदालतले आदेश दिएको छ।
तर सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले अदालतको निर्णयले मुलुकलाई थप अस्थिर बनाउने उल्लेख गर्दै उक्त निर्णयलाई सम्मान गर्न नसकिने जनाएका छन्। उनले प्रधानमन्त्री ओलीले चालेको राजनीतिक प्रयत्नलाई निस्तजे बनाउने कामसमेत भएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ुसरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ। सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ ।निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न।
सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएकोछ ।सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ ।निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।
— Ishwar Pokhrel (@IshwarPokhrel) February 23, 2021










