आजको दैनिक पत्रिकाले के छापे ?

आजको नयाँ पत्रिकाले सर्वोच्चलाई प्रधानमन्त्रीको चेतावनी ः पुनर्स्थापना गरे आन्दोलन हुन्छ, तर इतिहास भन्छ– निर्भीक न्यायाधीश सत्तासँग डराउँदैनन् भनेर मुल समाचार छापेको छ । त्यस्तै दोस्रो समाचारका रुपमा टुँडिखेलमै उपराष्ट्रपतिमाथि प्रधानमन्त्रीको ‘अभद्र’ व्यवहार भन्ने शीर्षकको समाचार पनि छापिएको छ । त्यस्तै कान्तिपुर दैनिकले निर्वाचन आयोग , जहाँको त्यहां भन्ने मुख्य समाचार छापेको छ । त्यस्तै विप्लवसँगको वार्ताकोे विषयलाइ समेत पहिलो पेजमा स्थान दिएको छ । हिमालय टाइम्सले प्रतिनिधिसभा सदस्य पुर्ण स्थापना हुँदैन , भए आन्दोलन हुन्छ भनेर विराटनगरमा आयोजित सभामा बोलेको कुरालाइ मुख्य समाचार बनाएको छ । त्यस्तै नागरिक दैनिकले चुनाव हामी जित्नै पर्छ भन्ने शीर्षकको समाचार बनाएर छापेको छ । त्यस्तै जाजरकोटबाट प्रकाशित भेरीमालिका दैनिकले चिउरी कटानको मह उत्पादनमा आएको कमीको विषयको समाचारलाइ मुख्य माचार बनाएको छ ।









