मुल्य बढी हुँदा विकेता खाद्यको चामल

हेमन्त न्यौपाने

जाजरकोट ः वजारमा पाइने चामलको मुल्य भन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मुल्य बढी हुँदा विक्री हुँन छाडेको छ ।

जिल्लाका सवै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मुल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नविकेको हो । मुल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मुल्य घटाउने तर्फ ध्यान नदिदा कम्पनीको चामलले वजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको हो ।

अरुवा मध्यम चामल प्रतिकेजी रु ४९ , अरुवा मोटो रु ४६, स्टीम जिरामसिनो ६५ , अरुवा मकवानपुर रु ४६ , अरुवा मोटो चामल ४६ , खाली प्लास्टिक ,जुट बोरो रु ४६ , प्लास्टिक ,जुट बोरो रु ४० , बंगलादेशी जुटबोरा रु ३० मा व्यापार कम्पनीले सदरमुकामबाट विक्री गरिरहेको छ । यही चामल वजारमा प्रतिकेजी रु १० कममा विक्री हुँदा कम्पनीको चामल नविकेको हो । अहिले कम्पनीको नायकवाडा (घाट) चौखा , घोगी , दशेरा, ताँगा , रजुतरा ,घरंगा , टापुचौर , काउली , नलगाडमा रहेका डिपोबाट चामल विक्री भइरहेको छ ।

बजारमा पाइने चामल भन्दा डिपोमा पाइने चामलमा मुल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै सेवाग्राही जाने गरेको पाइएको छ । यातायातको सहज पहुँचसँगै गाउँ , गाउँमा खाद्यान्न पुगेपछि कम्पनीको चामलले प्रतिस्पर्धा गर्न नसकेको हो । वर्षायाममा सडक अवरुद्ध भएपछि अत्यधिक माग बढेको भएपनि अहिले व्यापार कम्पनीको चामल महंगो भएको बारेकोट गाउँपालिका –५ का जनकबहादुर शाहीले जानकारी दिनुभयो । मुल्य घटाउन लेखि पठाएको भएपनि मुल्य घटेर केन्द्रबाट आइनपुगेको जाजरकोट शाखाका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सहुलियतामा जनसाधारणलाइ उपलव्ध गराउने भनिएको चामल नै बजारको भन्दा महंगो भएको गुनासो आएपछि पटक ,पटक निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ हामीले मुल्य घटाएर जनतलाइ राहत दिन आग्रह गरेर निर्णय गरि पठाएका छौँ तर मुल्य घटाएर पठाएको छैन । ” जिल्लामा उत्पादन हुँने अन्नले सवै ठाउँमा नपुग्ने भएकाले जाजरकोटमा खाद्यान्न आयात गरिदै आएको छ ।

भात मात्र खाने बाँनीका कारण गाउँ ,घरमा उत्पादन भएको ( स्थानीय उत्पादन) अन्नले महत्व नपाएको समेत गुनासो सुनिदै आएको छ ।  अहिले जिल्लाको बारेकोट गाउँपालिकामा बाढी पहिरोले व्यापक क्षती बनाएका कारण सवै भन्दा मार त्यहाँ परेको प्रजिअ बरालले बताउनुभयो ।

नलगाड नगरपालिका, शिवालय गाउँपालिकामा समेत बाढी पहिरोले खेतीयोग्य जमिनमा क्षती बनाएको थियो । क्षती भएका ठाउँमा खाद्यान्न भारी आयात गर्नुपर्ने बाध्यता भएपनि बजारको मुल्यसँग प्रतिस्पर्धा गर्नु मुख्य कार्य रहेको छ ।

डोल्पामा सवै ठाउँमा खाद्यान्न

पटक , पटक खाद्यान्न अभावको चर्चामा आउने डोल्पामा अहिले गाउँ , गाउँमा चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले चामल विक्री हुँने गति थेगी नसक्नु भएको छ । अहिले सदरमुकाम दुनैमा २ हजा ६ सय क्वीन्टल , १ हजार ३ सय जुफालमा , काइगाउँमा १७९ क्वीन्टल, ७०० सय सर्मीमा , लिकुमा १५० , सहरतारामा ५५० मध्य २०० क्वीन्टल मात्र बाँकी रहेको छ । माथिल्लो डोल्पाको सालदाङ ३५० , घारगाउँ छार्का ताङसुङ ३५० वितरण भएको २०० क्वीन्टल वितरण हुँन बाँकी रहेको प्रमुख पाण्डेले बताउनुभयो ।

जिल्लामा चामल बजारको भन्दा कम्पनीको चामल व्यापक विक्री भएको उहाँले भन्नुभयो । सडक पुगेसँगै डोल्पामा खाद्यान्न आपुर्तीमा सहजता आएको छ । खाद्यान्न अभाव भएपछि प्रदेश सरकारको समेत सक्रियतामा उपल्लो डोल्पामा दुइ वर्षपछि खाद्यान्न ढुवानी गरिएको थियो ।





error: Content is protected !!