जवाफी सभामा केसले के भने – केपी ओली सरकारका दुईमन्त्री आफ्नो पार्टीमा आउने विषयमा छलफल गरिरहेको प्रचण्डको दाबी, लोकतन्त्रको हत्या गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ः माधव नेपाल

पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारका दुईजना मन्त्री आफ्नो पार्टी आउने विषयमा छलफल चलिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले चालेको प्रतिनिधिसभा विघटनको कदमको पक्षमा कोही पनि नरहेको बताएका हुन् ।
उनले लाखौँ जनताको यो आक्रोशलाई नबुझे केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न आजको भन्दा ठूलो संख्यामा काठमाडौं आउने बताएका छन् । आजको कार्यक्रममा रहेको उपस्थितिले ओलीको कदम संविधानको मर्म र भावनाविपरीत रहेको पुष्टि भएको बताए ।
उनले यो जनभावनालाई ख्याल नगरिए देश ठूलो संकटमा जाने चेतावनी दिए । यो उपस्थितिलाई ख्याल गर्दै जनभावनाअनुसार फैसला गर्न अदालतलाई सहज भएको बताए । उनले यसो नभए देशमा निकै ठूलो आँधी आउने र शान्तिपूर्ण ग्रिन रिभोलुसोन हुने चेतावनी दिए ।
प्रचण्डले संवैधानिक निकायहरूले स्वतन्त्र ढंगले आफ्नो अधिकार प्रयोग गरेर जनताको भावनालाई बुझ्नुपर्ने बताएका छन् । उनले केपी ओलीको चुनावी नौटंकी पूरा नहुने भएकाले त्यसका पछि नलाग्न सबैलाई आग्रह गरे ।
उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई पनि कुनै ढिलाइ नगरीकन प्रतिगमनको विरुद्धमा सडकमा आउन अनुरोध गरे । उनले शान्ति सम्झौता गर्दा गिरिजाप्रसाद कोइराला र संविधान निर्माणमा भूमिका खेल्ने सुशील कोइराला भएकाले पनि त्यसको रक्षा गर्ने यो अवसर भएको बताए ।
उनले नेपालमा लोकतन्त्रको हत्या भइरहेका वेला संसारभरका लोकतान्त्रिक पक्षधरहरूको सहयोग हुने अपेक्षा व्यक्त गरे ।

नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संविधान र लोकतन्त्रको हत्या गर्ने प्रधानमन्त्री केपी ओलीलाई पशुपतिनाथले पनि माफी नदिने बताएका छन् । ‘ओलीजी, तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुभएको थियो, अब त्यो नाम पनि बिर्सिसक्नुभएको छ, अब पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ, तर पशुपतिनाथले पनि कसलाई माया गर्छन् थाहा छ रु’ काठमाडौंमा भएको विरोध सभालाई सम्बोधन गर्ने क्रममा प्रश्न गर्दै नेपालले भने, ‘जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ, उसलाई मात्रै माया गर्छन् । पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ।’ उनले अघि भने, ‘चेतना भया, केपी ओलीलाई, संविधान मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, जनाधिकार कुल्चिनेहरूलाई, पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ।’
अध्यक्ष नेपालले ओलीको शासन देखेर उनको शासनकालमा बलात्कृत सात हजार एक सय ७० नेपाली चेलीको आत्माले पनि लाज मानिरहेको बताए । ‘ती बलात्कृत चेलीहरूको आत्माले भनिरहेको छ, ‘ए प्रधानमन्त्री ओली, तिमीले कति जना अपराधीलाई जेलमा कोचेका छौ रु तिम्रो संवेदनहीनतालाई देख्दाखेरि, तिम्रो असंवेदताशीलतालाई देख्दाखेरि हामीलाई लाज लागिरहेको छ, तिमीजस्ता मान्छे नेपाली आमाले जन्माइन्, त्यो पार्टीले तिमीलाई प्रधानमन्त्री पदमा पुऱ्यायो, आज त्यही पार्टी तिमी सिध्याउन लागेका छौ, त्यही लोकतन्त्र समाप्त पार्न लागेका छौ, तिमीलाई धिक्कार छ,’ नेपालले भने, ‘अब पशुपतिनाथले पनि त्यही भन्लान्, केपी ओलीलाई धिक्कार छ ।’
उनले संविधान र लोकतन्त्रमाथि गरेको पाप त्यति सजिलै कसैले पनि धोइपखाली गर्न नसक्ने बताए । उनले मदन भण्डारीले तत्कालीन अन्य पार्टीका सभालाई तुलना गरेर भनेको सम्झिँदै भने, ‘हामीले आयोजना गरेको सभालाई धरहराबाट हेर्नुपर्ने हुन्छ, केपी ओलीसँग केही हजार मान्छेबाहेक यत्रो सरकारी साधन खर्च गर्दा पनि सारा भ्रष्टाचार गर्दा पनि, मान्छेलाई भाडामा ल्याउँदा पनि बिचराहरूको सभा यति सानो भएछ, सिंगै ओली समूह निराश भएको छ ।’
उनले आफ्नो पक्षमा जनता नदेखिएपछि ओली समूहले धम्की र अधिनायकको बाटो रोजेको बताए । ‘ओली समूह अहिले तर्कमा होइन, धम्कीमा । ऊ छलफलमा होइन, आदेश दिने कुरामा । ऊ बहुमतमा होइन, आफ्नो अधिनायकवादी प्रवृत्तिमा, उसलाई विश्वास हुन थालेको छ,’ नेपालले भने, ‘यदि जनमतमा विश्वास हुँदो हो भने त्यो व्यक्तिले पार्टीको निर्णयलाई मान्न तयार हुनुपर्थ्यो ।’