जाजरकोट सञ्चारसेवाबाट बन्चित

जाजकोट  – सल्लाभीरमा रहेको रिपिटर टावर चट्याङले क्षती बनाएपछि जाजरकोट ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ ।
जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिमा रहेका आम नागरिकले तीन दिन देखि सञ्चार सेवाबाट बन्चित भएका हुँन् । एकै पटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरबाट सल्लाभीरबाट सिग्नल प्रशारण नहुँदा सञ्चार सेवा विच्छदे भएको हो । टावरमा चट्याङ परेकोले मर्मत गर्न केही समय लाग्ने टेलिकम जाजरकोटले जनाएको छ ।
सल्लाभीरमा टावर हेर्नका लागि कुनै पनि व्यवस्था नहुँदा पटक , पटक समस्य आउने गरेको छ । नयाँ निर्माण गर्ने भनिएका टावरहरु समेत समयमै निर्माण नहुँदा अर्को समस्य हुँदै आएको हो । त्यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । रुकुम पश्चिमको घेत्मा रहेको टावरलाइ समेत सल्लाभीरकै टावरले सिग्नल दिने भएकाले त्यहाँ अवरुद्ध भएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!