कामचलाउ सरकारका विरुद्धमा जाजरकोटका महिला आन्दोलित

जाजरकोट ः कमचलाउ सरकारको गतिविधिको विरोध गर्दै नेकपाक प्रचन्ड माधव समुह निकट महिलाहरुको गाउँ , गाउँमा जागरण सुरु भएको छ । अखिल नेपाल महिला संघमा आवद्ध महिलाहरुले संगठति जिल्लाका सवै पालिकामा कार्यक्रमलाई तिव्रता दिदै आएका छन् ।


जिल्ला र स्थानीय तहहरुमा संघर्ष समिति गठन गर्दै उनीहरुले संसद पुर्नस्थापना मार्फत राजनैतिक समस्याको हल खोज्न पनि आग्रह गरेका छन् । जिल्लामा १ हजार १ सदस्यीय संघर्ष समिति गठन गरेर गाउँ गाउँका महिलाहरुलाइ प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध संगठित वनाउन संघका केन्द्र र जिल्ला स्तरका नेतृहरु लागि परेका छन् ।

सरकार विरोधी आन्दोलन र संघर्षलाइ अभियानकै रुपमा आफूहरुले जिल्ला व्यापी बनाएको अनेमसंघकी केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाहले बताउनुभयो । उहाँले जिल्ला स्तरमा गठन भएको संघर्ष समिति पछि पालिका स्तरमा पनि संघर्ष समितिहरु गठन र विरोधका कार्यक्रमहरु तिव्र रुपमा सन्चालन भइरहेको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक शाहले बताउनुभयो ।

शनिवार सम्ममा संघले नलगाडमा २सय ५१, वारेकोटमा १ सय ६० छेडागाड नगरपालिकामा १ सय २५ सदस्यीय संघर्ष समिति गठन गरेर विरोधका कार्यक्रमहरु चलिरहेका छन् भने अन्य पालिकाहरुमा पनि संघर्ष समिति गठन र विरोधका कार्यक्रमहरु व्यापक रुपमा चलिरहेका छन् ।

जनताको त्याग वलिदान र संघर्षवाट प्राप्त उपलव्धीलाइ प्रधानमन्त्री वलीको असम्वैधानिक कदमले नष्ट गर्न खोजेकोले आफुहरु त्यस विरुद्ध लागेको शाहले बताउनुभयो । पार्टीका जिल्ला , प्रदेश र केन्द्रका नेताहरुको साथ लिएर उनीहरुले सरकार विरोधी प्रर्दशन गर्न थालेका छन् । संसद पुनस्थापना नभएसम्म आफूहरुको संघर्ष र आन्दोलन स्थगित नहुने महिला नेतृहरु बताउछन् ।

जिल्ला व्यापी संघर्षको कार्यक्रमलाइ सफल पार्न आफुहरुले १३ सदस्यीय कार्यालय टीम पनि निर्माण गरेको उनीह बताउँछन् ।




सम्बन्धित समाचार


error: Content is protected !!