जाजरकोटमा बन्दको यस्तो रह्यो प्रभाव

जाजरकोट ः संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड ,माधव समूहले बिहीबार नेपाल बन्द बन्द गर्यो ।
बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे । जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् ।
पूर्व गृह,स्वास्थ्य तथा वनमन्त्री रहेका शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटमा पहिले गरेको बन्द भन्दा आज बन्द निकै प्रभावकारी रहेको रह्यो । विहानै देखि बन्द कर्ताले दिनभरी यातायातका साधन चल्न दिएनन् । दिनदहादै मसाल जुलुस समेत निकालियो । व्यापारीहरुले आफै पसल बन्द गरेका थिए ।











