बन्दका कारण जाजरकोट ठप्प

प्रेम विश्वकर्मा
जाजरकोट ः आमहड्तालको प्रभाव जाजरकोटमा पनि प्रचण्ड माधव समूहको नेकपाले गरेको आम हड्तालको प्रभाव जाजरकोटमा पनि देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आज देशभर आम हड्ताल गरेको छ । सरकारले संवैधानिक पदहरूमा गैरकानुनी रुपमा नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनको घोषणा गर्दै प्रचण्ड–माधव समूहले आज आम हड्ताल गरेको हो ।

आज आमहड्ताल गरेको प्रचण्ड माधव समूहका नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । जाजरकोटमा पनि बिहान खोलिएका पसलहरु,शैक्षिक संस्था विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द गरिएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!