नारायणगोपालचोक महाराजगञ्‍ज ः शक्ति बस्‍नेतको नेतृत्व गरेको ठाउँमा जे देखियो

काठमाडौँ ः नेकपाका स्थायी कमिटि सदस्य शक्तिबहादुर बस्नेतले नेतृत्व गरेको नारायणगोपालचोक महाराजगञ्‍जमा भारी जुलुसका साथ बन्द गर्दै अगाडी बढीरहेको समाचार प्राप्त भएको छ । बाक्लो कार्यकत्र्ताको सहभागीमाता उहाँ नारायणगोपालचोक महाराजगञ्‍जको नेतृत्व गरिरहनुभएको छ ।  तस्बिर ः मुक्ती बस्नेत


प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल ,नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।

बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्‍स, अस्पतालका बस, खाद्यान्‍न, दुध, औषधीका गाडी, सञ्‍चारकर्मीका सवारी साधन चलेका छन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल, नेपाल समूहको घम्साघम्सी परेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!