माथिल्लो डोल्पाबाट हेपाटाइटिस बीका विरामीको हेलिकोप्टरबाट उद्धार

डोल्पा ः माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकाबाट २ जना हेपाटाइटिस बी का विरामीको उद्धार गरी हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ । विभिन्न रोगहरु मध्ये खतराको सूचीमा रहेको हेपाटाइटिस बी रोगले माथिल्लो डोल्पालाई आक्रान्त बनाइ रहेको छ ।
त्यसैको परिणाम स्वरुप हेपाटाइटिस बी रोगले विरामी परेका छार्का ताङसोङ गाउँपालिका वडा नंं १ का ४५ वर्षिय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी २ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।

माथिल्लो डोल्पामा हेपाटाइटिस बी का विरामीहरु पटक पटक देखिने गरेका छन् । यो रोग पनि निकै तीब्र रुपले सर्ने सरुवा रोग हो । यस रोगका कारण माथिल्लो डोल्पाबासीहरु पिडित बनि रहेका छन् । यसको उपचारका लागि सम्बन्धित निकायले समयमै ध्यान दिनु आवश्यक छ । अन्यथा यस रोगले समुदायमा समस्या बनाउन सक्छ ।

हेपाटाइटिस बी रोग लागि सकेपछि पुरै सन्चो हुने गरी उपचार हुदैन । त्यस कारण यो रोग लाग्नु भन्दा पहिले नै खोप लगाएर रोकथाम गर्न सकिने जिल्ला अस्पताल डोल्पाका डा।सिजन रावलले बताउनु भयो । उहाँका अनुसार माथिल्लो डोल्पाका विभिन्न गाउँमा यो रोग धेरै छ । असुरक्षित यौन सम्पर्क र परिक्षण नगरिकन रगत प्रयोग गरेका कारण लाग्ने रोग भएकाले यसको रोकथाम गर्न असुरक्षित यौन सम्पर्क गर्नु हुदैन ।

डा।रावलका अनुसार मध्य तथा तल्लो डोल्पामा हेपाटाइटिस बी अत्यन्त कम होला, हालसम्म पाइएको छैन । तर माथिल्लो डोल्पामा भने १० जनामा जाँच गर्ने हो भने ६ जना जति भेटिने गरेका छन् । यसले निकै ठुलो संख्यामा यो रोगका विरामीहरु छन् भन्ने अनुमान गर्न सकिन्छ ।
यस प्रकारको रोग लाग्नु अघि नै यसको रोकथाम नगर्ने हो भने रोग लागि सकेपछि उपचारबाट पुरै सन्चो हुदैन ।

त्यस कारण सम्बन्धित निकाय तथा माथिल्लो डोल्पाका स्थानीय तहका सरकार, प्रदेश सरकार र संघीय सरकारले हेपाटाइटिस बी को खोप संचालन गर्नु आवश्यक देखिन्छ । त्यस कारण तीनै तहका सरकार र सम्बन्धित निकायहरुले समन्वयात्मक पहल गरेर खोप अभियान चलाउनु पर्ने आवश्यकता रहेको स्थानीय लालबहादुर बुढा बताउनु हुन्छ ।





error: Content is protected !!