पाल्पा तानसेनका वडा अध्यक्ष शाक्यको मृत्यु

सुशीला रेग्मी

रामपुर (पाल्पा)  तानसेन नगरपालिका वडा नं ४ का वडाध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन भएको छ । मृगौला रोगबाट पिडित शाक्यको उपचारको क्रममा सोमवार दिउँसो बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको वडा सदस्य गणेश थापाले बताउनुभयो ।

मृगौला रोगले पिडित शाक्यले लामो समयदेखि मृगौलाको डायलायसिस गराउदै आउनुभएको थियो । नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

शाक्यका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार मंगलवार परम्परा अनुसार कालीगण्डकीको राम्दीमा दाह संस्कार गर्ने जनाइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!