चोरीको मोटरसाइकल धनीलाइ बुझाइयो

जाजरकोट ः चोरी गरी लुकाएर राखिएको मोटरसाइकल प्रहरीले फेला पारि सम्वन्धित धनीलाई बुझाएको छ । नलगाड नगरपालिका १ अनापानी सार्वजनिक जंगलमा र बैरिताल स्थित झाडिमा लुकाई राखेको लु ६२ प १६०८ को १५० सिसि पल्सर फेला परि सुर्खेत चौकुने गाउँपालिका ९ का सन्तोष कुमार शाहीलाई बुझाएको छ । त्यस्तै कर्णाली प्रदेश ०२००१९२४ को १५० सिसि पल्सर मोटर साइकल सुर्खेत भेरी नगरपालिका १२ का महेन्द्र बस्नेतलाइ हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!