‘लाल गद्दार’को परिभाषा

रोशन जनकपुरी
‘लाल गद्दार’ भनेको कम्युनिस्ट ब्यानर बोकेर कम्युनिस्ट आन्दोलनको सिद्धान्त एवं उद्देश्यको विपरीत जानु हो र यो कम्युनिस्ट आन्दोलनमा सुरुदेखिकै परिचित प्रवृत्ति हो
‘म लाल गद्दार हो भने तपाईंहरू के हो ? ’ चितवनको एउटा सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने । प्रधानमन्त्री केपी ओलीको क्याम्पमा गएको रिसमा प्रचण्डपक्षीय कार्यकर्ताले चितवन आगमनमा ‘लाल गद्दार’ लेखिएको ब्यानर उडाएर उनको स्वागत गरेका थिए ।
एकीकृत माओवादी विभाजन भएपछि मोहन वैद्यको नेतृत्वमा ड्यास माओवादी गठन भएको वेला ‘बादल’ले प्रचण्डलाई ‘लाल गद्दार’ भनेर आरोपित गरेपछि यो शब्दावली बढी चर्चामा आएको हो । पछि उनी वैद्यको साथ छाडेर प्रचण्डसँगै फर्किएका थिए । अहिले सरकारी नेकपामा विभाजन भएपछि फेरि प्रचण्डको साथ छाडेर उनी ओली क्याम्पमा गृहमन्त्रीको राजसुख भोगिरहेका छन् ।
‘लाल गद्दार’ भनेको कम्युनिस्ट ब्यानर बोकेर कम्युनिस्ट आन्दोलनको सिद्धान्त र उद्देश्यको विपरीत जानु हो । यो शब्दावली रूपमा आधुनिक भए पनि भावको रूपमा नेपाली कम्युनिस्ट आन्दोलनमा सुरुदेखि नै परिचित प्रवृत्ति हो । तर, नेपाली कम्युनिस्टमा सैद्धान्तिक र उद्देश्यगत धार अहिलेको जस्तो कमजोर कहिल्यै रहेन ।
सम्भवतः त्यो निरंकुश राजतन्त्रविरुद्धको संघर्षको बाध्यात्मकताले गर्दा प्रायः सबै राजनीतिक शक्तिहरू सत्ताको विरुद्धमा रहेको वातावरणको प्रभावले होला, कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र क्रान्तिकारी धार हमेसा दृढ देखिन्थ्यो । यद्यपि, वर्चस्वका निम्ति कम्युनिस्ट आन्दोलनभित्र हिलो छ्यापाछ्याप एउटा प्रवृत्तिको रूपमा हमेसा कायम रह्यो । नेकपाका संस्थापक पुष्पलाललाई केन्द्रित गरी लेखिएको मोहनविक्रम सिंहको ‘गद्दार पुष्पलाल’ त्यसैको परिणति थियो ।
तर, वर्तमान भने भयावह छ । यतिवेला कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा दिग्भ्रमित र कमजोर छ भने गैरवैचारिक र अवसरवादी धार मुख्य धारको रूपमा छ । एउटा कुनामा विभाजित भएर थेग्रिएका जस्ता देखिने वैचारिक कम्युनिस्ट संगठन र नेताहरू प्रभावहीन देखिँदै छन् भने कम्युनिस्ट ब्यानरमुनि वामपन्थी लफ्फाजीको बलमा कम्युनिस्ट आदर्श र आचरणहरूको धज्जी उडाउँदै छन् । अहिले सत्ता राजनीतिमा चुर्लुम्म डुबेको सरकारी नेकपामा दुई खेमाको स्वरमा ‘भालुले रामायण पाठ गरेको’ प्रस्ट सुनिन्छ । भनिन्छ नि, स्नानगृहमा सबै नांगा हुन्छन्, स्थिति त्यस्तै हो ।
यसैले होला जनयुद्धकालीन एउटा ज्यानमुद्दामा कारावास भोगेर निस्केका बालकृष्ण ढुंगेल प्रम ओलीको शरण परेपछि आफूमाथि लगाएको लाल गद्दारको आरोपबारे सामाजिक सञ्जालमा दिएको जवाफ नेपाली कम्युनिस्ट आन्दोलनभित्रको सत्तालोलुप नग्नताको सटिक नमुना थियो ।
उनले सामाजिक सञ्जालमा लेखेका थिए– ‘प्रचण्ड–ओलीको कार्यकर्ता बन्दा कसरी लाल थिएँ रु आज म कसरी गद्दार भएँ रु प्रचण्ड शेरबहादुर देउवाको चुला चढे नि, कमल थापा बोक्दा पनि, माधवको पछि लाग्दा पनि, रायमाझी आयोगको प्रतिवेदन लुकाउँदा पनि लाल । रायमाझी आयोगको प्रतिवेदन खोइ रु लोकमान र खिलराजको खेल के हो रु’ बालकृष्ण ढुुंगेल विगतको ऐनामा प्रचण्डलाई पनि विकृत अनुहार देखाइरहेका थिए ।
वर्तमानमा प्रम ओली आफ्नाविरुद्धमा उभिएका सबै राजनीतिक दल, कानुन व्यवसायी र नागरिक समाजको खिल्ली उडाउँदै तथा उनीहरूको टाउकोमा डन्डा बर्साउँदै सत्ता महत्वाकांक्षाको जुन उचाइमा उभिएका छन्, त्यसले उनलाई फासीवादी दिशामा डो¥याउँदै छ भन्नेमा दुईमत छैन
वर्तमानमा प्रम ओली आफ्नाविरुद्धमा उभिएका सबै राजनीतिक दल, कानुन व्यवसायी र नागरिक समाजको खिल्ली उडाउँदै तथा उनीहरूको टाउकोमा डन्डा बर्साउँदै सत्ता महत्वाकांक्षाको जुन उचाइमा उभिएका छन्, त्यसले उनलाई फासीवादी दिशामा डोर्याउँदै छ भन्नेमा दुईमत छैन । प्रतिनिधिसभा कि निर्वाचन रु भन्नेमा जसरी नेपाली समाज विभाजित हुँदै छ, त्यसले आगामी दिनमा गम्भीर द्वन्द्वका भयावह सम्भावनाहरूलाई पनि इन्कार गर्न सकिँदैन र यसको श्रेय संविधानका धाराहरूलाई आफूखुसी प्रयोग गरेर, व्याख्या गरेर प्रतिनिधिसभा विघटन गरेको प्रम ओलीलाई जान्छ भन्नेमा पनि कुनै शंका छैन ।
नेपाली राजनीतिक वातावरण र मनोविज्ञान कतिसम्म विभाजित र संवेदनशील भएको छ भने प्रतिनिधिसभा विघटनको मामिलामा सर्वोच्च अदालतले जुनसुकै फैसला सुनाए पनि ऊप्रति औँला उठ्ने पनि निश्चित नै छ । यसरी प्रम ओलीको सत्ता महत्वाकांक्षाले सम्पूर्ण राज्य प्रणालीलाई नै संकटमा उभ्याइदिएको छ । तर, अहिले देखिएको राजनीतिक संकट रातारात जन्मेको होइन र यसको कारण ओली मात्रै हुन् भन्ने पनि होइन ।
एक त हाम्रो गणतन्त्रमा हामीले अपनाएको दलाल पुँजीपति तथा नोकरशाहहरूको वर्चस्वकारी अर्थ–राजनीतिक प्रणाली र संविधान हो र अर्को सत्ता सञ्चालक नेतृत्वहरूले सत्तालालसामा देशी–विदेशी पुँजीपतिहरूको चाकरीमा राज्ययन्त्रको दुरुपयोग गर्नु हो । गणतान्त्रिक संविधान घोषणापछि कम्युनिस्ट ब्यानरधारीहरूले सत्तासिंहासन सम्हाल्दै आएको पनि सत्य नै हो । यद्यपि, देश र जनताविरुद्धको यस पापमा सबै भागीदार छन् । र, विडम्बना के छ भने मनोविज्ञान र निजी स्वार्थका कारण जनता सबैका आमसभामा भीड जुटाइरहेका छन् । यस्तोमा बादल र बालकृष्ण ढुंगेलले प्रचण्ड–माधव नेपालमाथि पनि ‘लाल गद्दार’को आरोप फर्काउनु अस्वाभाविक होइन ।
बाह्य कारणहरूको महत्व भए पनि प्रधान कारण आन्तरिक नै हुन्छ । ‘लाल गद्दार’को वर्तमान स्थितिको प्रधान कारण पनि आन्तरिक अर्थात् सैद्धान्तिक नै हो । सत्ताको लालसामा कम्युनिस्ट आन्दोलनका नेताहरूले क्रान्तिकारी विचार, वर्ग र औचित्यबाट जसरी आफूलाई अलग्याउँदै लगे, यो त्यसैको परिणाम हो । वस्तुतः प्रतिनिधिसभा पुनस्र्थापना वा निर्वाचनका जुन दुई सम्भावनामा परिणाम केन्द्रित हुने देखिन्छ, त्यसले बहुसंख्यक श्रमजीवी वर्गको स्थितिमा कुनै परिवर्तन हुने स्थिति छैन ।
पार्टीहरूले आ–आफ्ना पक्षमा भीड जुटाए पनि र नागरिक समाजले सरकारी लठ्ठी खाएपछि आक्रोशित भएर नागरिक आन्दोलनलाई जनआन्दोलनमा विकसित गर्ने मनोभाव व्यक्त गरे पनि आमजनसमुदायमा आलोचकीय मनोभावबाहेक उदासीनता मात्र देखिएको छ । यसको कारण भनेको यति हुँदा पनि जनसमुदायका एजेन्डाहरू अहिले पनि उपेक्षित हुनु नै हो ।
ओली–सत्ताको विरुद्ध आफूलाई न्यायिक र आन्दोलनी देखाउन खोज्ने प्रचण्ड–माधव समूह होस् वा नेका, जसपा आदि अन्य राजनीतिक दलहरू सबैमा विभाजित मनोविज्ञान प्रस्ट देखिएको छ । उनीहरूले ओलीले प्रतिनिधिसभा विघटित गरेको कामलाई असंवैधानिक र जनविरोधी भने पनि कदाचित ओली सरकारले निर्वाचन गराउन सफल भएमा त्यसमा भाग लिन तयार देखिन्छन् ।
कयौँले त निर्वाचनलाई केन्द्रमा राखेर पार्टीभित्र सांगठनिक तयारी पनि सुरु गरिरहेका छन् । वस्तुतः ओलीले निर्वाचनको घोषणा गरेर कमजोर प्रतिपक्षको भूमिकामा सीमित नेपाली कांग्रेस होस् वा हिन्दुत्वको बलमा चुनावी स्थिति बलियो पार्ने दाउमा रहेको राप्रपा होस् वा मधेसबाट पहाडमा समेत सिट बढाउने दाउमा रहेको डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ र राजेन्द्रलगायतको जनता समाजवादी पार्टी होस्, सबैमा चुनावी अवसरको आशा बढाइदिएका छन् ।
प्रम ओलीले त पार्टी एकताकै वेला आफूहरू वैचारिक होइन, राजनीतिक रूपमा मात्र कम्युनिस्ट भएको घोषणा गरेका थिए, वैचारिक विचलन त प्रचण्डहरूको थियो । यो विचलन यति गहिरो छ कि अब उनीहरूले आफ्नो क्रान्तिकारी विगतलाई इतिहासको ब्याजको रूपमा सत्ताको राजनीतिमा जनसमुदायलाई भ्रमित गर्नलाई मात्र प्रयोग गर्छन् ।
वस्तुतः यो सत्ताको लालसा नै हो, जसले कम्युनिस्ट सिद्धान्तमा विचलन उत्पन्न गराएको हो । माक्र्सवादी समाजवाद रणनीतिक रूपमा सर्वहारा अधिनायकत्वको पक्षमा सम्झौताविहीन क्रान्तिकारी बाटो हो । कार्यनीतिक रूपमा कम्युनिस्टहरूले बुर्जुवा सत्ताको उपयोग गर्न सक्छन्, तर त्यसको उद्देश्य र प्रयोग सर्वहारा क्रान्तिका निम्ति वातावरण तयार गर्नुमा र श्रमजीवी वर्गको पक्षमा हुनुपर्छ भन्ने हो । यसबाट विचलित हुनुको अर्थ माक्र्सवादबाट विचलित हुनु हो ।
सर्वहारावादी क्रान्तिको बाटो निश्चय नै कठिन र दीर्घकालीन बाटो हो । वस्तुतः यो सत्ता–लालसाभन्दा पनि सामाजिक परिवर्तनको बाटो हो, जसमा सबै प्रयासहरू श्रमलाई किनबेचभन्दा पनि सामाजिक आवश्यकताको विषय बनाउन तथा श्रमजीवीलाई समाजमा सबैभन्दा सम्मानित स्थानमा पुर्याएर राज्य सञ्चालनको केन्द्रमा श्रमजीवी वर्गको हितलाई स्थापित गर्नुमा केन्द्रित हुन्छ ।
तर, सत्तालिप्सा तथा कम्युनिस्ट आन्दोलनमा घुसेको गैरसर्वहारावर्गीय तत्वहरूले माक्र्सवादको सैद्धान्तिकतामा भ्रम सिर्जना गर्छन् । सर्वहारा क्रान्तिको विपरीत निरपेक्ष शान्तिपूर्ण र कानुनी बाटोबाट पनि समाजवादमा पुग्न सकिन्छ भन्ने संशोधनवादी विचार यसैको परिणति हो । अहिलेको कम्युनिस्ट आन्दोलनमा यसै संशोधनवादी विचारको राज छ र श्रमजीवी वर्गप्रति जति पनि पाप भइरहेका छन्, ती यसै कानुनी मार्क्सवादको ब्यानरमुनि भइरहेका छन् ।
प्रम ओलीले त पार्टी एकताकै वेला आफूहरू वैचारिक होइन, राजनीतिक रूपमा मात्र कम्युनिस्ट भएको घोषणा गरेका थिए, वैचारिक विचलन त प्रचण्डहरूको थियो । यो विचलन यति गहिरो छ कि अब उनीहरूले आफ्नो क्रान्तिकारी विगतलाई इतिहासको ब्याजको रूपमा सत्ताको राजनीतिमा जनसमुदायलाई भ्रमित गर्नलाई मात्र प्रयोग गर्छन्, जसरी अन्य बुर्जुवा र दक्षिणपन्थी पार्टीहरूले गरेका छन् ।
अब उनीहरूका निम्ति पनि जनताको अर्थ चुनावी भीडबाहेक अरू केही होइन । वस्तुतः यो अवधारणा पनि एउटा वैचारिक समझदारीको उत्पत्ति हो । कम्युनिस्ट आन्दोलनमा यस वैचारिक विचलनलाई सैद्धान्तिक रूपमा एडबर्ड बर्नस्टिनले विकसित गरेका थिए । बर्नस्टिन, कार्ल मार्क्सका समकालीन नै थिए । तात्पर्य के हो भने अहिले देखिएका कानुनी तथा शान्तिपूर्ण संक्रमणबाट समाजवादी बाटोको वकालत गर्नेहरू आफूलाई मार्क्सवादी लेनिनवादी भने पनि उनीहरू बर्नस्टिनबाट विकसित ऐतिहासिक धाराका यात्रीहरू हुन् ।
बर्नस्टिनले मार्क्सको सर्वहारा अधिनायकत्वको सैद्धान्तिकताका विरुद्ध कानुनी माक्र्सवादी धारणालाई अगाडि सारे । उनका अनुसार पुँजीवादी देशहरूमा श्रमिकहरूको स्थितिमा कानुनद्वारा जुन सुधार भइरहेका छन्, त्यसबाट वर्गसंघर्ष बढ्नुको साटो घटिरहेको छ । त्यसैले क्रमिक सुधार तथा संवैधानिक परिवर्तनहरूबाट पनि समाजवादको स्थापना हुन सक्छ ।
क्रमिक विकास र विकासवादी समाजवादको वकालत गर्दै बर्नस्टिनले आफ्नो रचना ‘इभोल्युसनरी सोसलिज्म’मा शिक्षा र सञ्चारका माध्यमबाट प्रचार गरेर जनतालाई समाजवादको पक्षमा ल्याउन सकिन्छ र उनीहरूको बलमा समाजवादीहरूले निर्वाचन जित्न सक्छन् र त्यस्ता समाजवादीहरू सत्तारूढ भएपछि समाजवादी कार्यक्रमबाट क्रमशः पुँजीवादलाई समाप्त गरेर समाजवादको स्थापना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गरे ।
बर्नस्टिनले वर्गसंघर्ष र सर्वहारा अधिनायकत्वको ठाउँमा राष्ट्रिय लोकतन्त्र, सामाजिक सुधार र विकासवादी प्रक्रियालाई समर्थन गरे । उनको विचारमा समाजवाद उदारवादको उत्तराधिकारी हो । नेपालमा बर्नस्टिनको धारणालाई विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कांग्रेसको पार्टी विचारको रूपमा अपनाए ।
वर्तमानमा ओली, माधव, प्रचण्डलगायत कानुनी मार्क्सवादीहरू यसै धारामा बग्दै अहिलेको स्थितिमा पुगेका छन् भन्नेमा दुईमत छैन । बर्नस्टिनको हवाई समाजवादको परिणाम खोज्न अब अन्त जान पर्दैन भन्ने उदाहरण पनि नेपालका कानुनी मार्क्सवादीहरूलाई हेरे पुग्छ, जो अन्ततः सत्ताप्राप्तिको स्पर्धामा गैरवैचारिक आर्थिक पुतलामा परिणत भइसकेका छन् ।
अहिले नेपाली राजनीतिक परिदृश्यमा देखिएको अस्थिरता र गैरवैचारिकता वैचारिक मात्र होइन, वर्तमान राजकीय ढाँचाको असफलता पनि हो, जसमा एउटा व्यक्तिसामु संविधान र सम्पूर्ण राज्ययन्त्र निरीह देखिएको छ । हुन त नागरिक समाजले यसलाई जनआन्दोलनमा विकसित गर्ने मनसाय व्यक्त गरिरहेको छ ।
तर, चरित्रगत रूपमा यसको नयाँ सन्दर्भमा जनवादी विकल्प खोज्न सकिएन भने समग्र प्रयत्नहरू यथास्थिति कायम राख्ने भीडबलको मुढेदाउबाहेक अरू केही हुनेछैन । यो भनेको उत्पीडित वर्ग र उत्पीडित समुदायको बृहत्तर हित प्राथमिकतामा आधारित राज्य व्यवस्थाको पक्षमा जनआन्दोलन वा जनसंघर्ष हो । तर, यसका निम्ति विचार होस् वा पात्र, सम्पूर्ण अर्थमा लाल गद्दारहरू वा गैरसर्वहारापनाबाट मुक्ति नै हो । आगामी सम्भावित परिवर्तनको दिशा अग्रगामी हुने हो वा यथास्थितिमै रुमल्लिने हो, यसैमा निर्भर गर्छ ।
नयाँ पत्रिकाबाट साभार ।



