रामपुरको पर्यटकिय तालपोखराको स्तरोन्नती गरिदै

सुशीला रेग्मी
पाल्पा ः एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत पाल्पा रामपुरको पर्यटकिय तापोखराको स्तरोन्नती गर्ने काम सुरु भएको छ । ताललाई व्यवस्थित बनाउन साइड वाल लगाउने कार्य अगाडी बढाइएको छ । नेपाल सरकार पर्यटकीय विभाग भृकुटी मण्डव काठमाण्डौँद्धारा आर्थिक वर्ष २०७७/ ०७८ मा प्राप्त भएको ५० लाख वजेटबाट थप पूर्वाधारको काम सुरु गरिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार तीन सय ७५ मिटर साइड वाल निर्माण हुदैछ ।
पर्यटकीय विभाग भृकुटी मण्डव काठमाण्डौँद्धारा आर्थिक वर्ष २०७७/ ०७८ मा प्राप्त भएको ५० लाख वजेटबाट थप पूर्वाधारको काम सुरु
“तालपोखरामा डुङ्गा चलाउँदा कहिलेकाँही वाल भत्कने समस्या थियो, त्यसको दीगो व्यवस्थापनका लागि अहिले साइड वाल निर्माण गर्दैछौ” अध्यक्ष देवकोटाले भन्नुभयो । तालको सतहदेखि साइडवाल लगाउने योजना अनुसार तालको पानी सुकाएर काम गरिनेछ । कास्की पोखराको फेवातालको झल्को दिने भएकाले तालपोखरा अवलोकनका लागि आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएपछि समितिले वर्षेनी स्तरोन्नतीको काम गरिरहेको छ ।
तालको सतहको साइड वाल लगाउने लगायतका निर्माण कार्य सम्पन्न भएपछि पानी राखेर तालपोखरामा डुङ्गा चलाउने समितिका सचिव सुनिल देवकोटा बताउनुहुन्छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिम परिस्थितीलाई मध्यनजर गर्दै गत चैत देखि भने डुङ्गा बन्द गरिएको छ । डुङ्गा संचालन नभएपनि ताल वरपरको वातावरणमा घुम्न आउने पर्यटकहरु बढीरहेका छन् । कोरोनाको जोखिम अझैपनि कायम रहेका बखत समितिले स्तरोन्नती कार्यलाई अगाडी बढाएको हो ।
रामपुर नगरपालिका वडा नं ६ मा पर्ने यस तालपोखरा पछिल्लो समय पर्यटकिय गन्तव्यस्थल बनेको छ । पर्यटकको आकर्षण बढ्दै गएकाले समितिले विभिन्न निकायबाट वजेट माग गरेर पूर्वाधार विकासको काम गर्दै आइरहेको छ । करिव ४५ रोपनी क्षेत्रफलमा पानी सहितको ताल रहेको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । तालको वरिपरी घेराबार, प्रवेशद्धारा, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोन लगायतका विभिन्न भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।
रामपुर नगरपालिका वडा नं ६ मा पर्ने यस तालपोखरा पछिल्लो समय पर्यटकिय गन्तव्यस्थल बनेको छ । पर्यटकको आकर्षण बढ्दै गएकाले समितिले विभिन्न निकायबाट वजेट माग गरेर पूर्वाधार विकासको काम गर्दै आइरहेको छ । करिव ४५ रोपनी क्षेत्रफलमा पानी सहितको ताल रहेको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । तालको वरिपरी घेराबार, प्रवेशद्धारा, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोन लगायतका विभिन्न भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।
ताल र पार्क सहित करिव ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा रहेको छ । सामान्य वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । यहाँ पोखरीलाई व्यवस्थापन गरी डुङ्गा संचालन गर्न थालेपछि दैनिक तीन सय सयको हाराहारीमा आन्तरिक पर्यटक भित्रने
तालपोखराको नाममा पोखरी सहित पार्क समेत रहेको छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज समेत हुने गरेको छ । ताल र पार्क सहित करिव ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा रहेको छ । सामान्य वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । यहाँ पोखरीलाई व्यवस्थापन गरी डुङ्गा संचालन गर्न थालेपछि दैनिक तीन सय सयको हाराहारीमा आन्तरिक पर्यटक भित्रने गरेको समितिले जनाएको छ । बच्चाबच्चीका लागि बालद्यान समेत निर्माण गर्ने समितिको योजना रहेको छ । पर्यटकका लागि यहाँ नियमित दुई वटा डुङ्गा संचालन गरिदै आइएको छ । तालपोखरामा देशका पूर्व देखि पश्चिमका आन्तरिक पर्यटक अवलोकनमा आएका छन् । समितिले थप पूर्वाधार विकास गरी बाह्य पर्यटकलाई समेत यहाँ अवलोकनका लागि भित्र्याउने योजना बनाएको छ ।










