तस्कारबाट उन्मूक्ती पाउदै शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज

हेमन्त न्यौपाने
छिमेकी मूलुक चिनसँग सिधा सिमाना जोडिएको डोल्पा स्थित शे फोक्सुण्डो राष्ट्रिय निकुन्जमा हुँने गरेको तस्करी नियन्त्रण आउन थालेका छन् ।
भारी क्षेत्रफल रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका साथै बन्यजन्तु जडीवुटीको हर्व समेत रहेको यहाँ विगत तस्कारहरुको अखडा बन्दै आएको थियो । ठुलो क्षेत्रफलका साथै सिमित ठाउँमा रहेका प्रहरी चौकी र सञ्चार सम्पर्क गर्न हप्ता दिन लाग्ने भएकाले डोल्पामा तस्कारहरुको रजाइ हुँदै आएको थियो ।
शे फोक्सुण्डो ताल र निकुन्जको विशाल क्षेत्रफल लोभलाग्दो मात्र होइन् , भारी अर्थ आर्जनको मुख्य गनतव्य भएकाले यहाँ तस्कारहरु सजिलै आफ्नो क्रियाकलाप गदै आएका थिए । आधा भाग मुगु सम्म जोडिएको निकुन्जमा सवै ठाउँमा सुरक्षाकर्मी नहुँदा तस्करहरु दिनदहाडै खुल्याम तस्करी गरि मालामाल बन्दै आएका थिए ।
निकुन्जको कम्जोर व्यवस्थापनका साथै सरकारी जागिरे मानसिकताले तस्कारको जालो निकुन्ज भित्र सजिलै पहुँच जमाउन सफल भएको आरोप लाग्दै आएको थियो । २०७६ कात्तिकमा नयाँ कार्यालय प्रमुख सरोजमणी पौडेललाई शे फोक्सुण्डोमा हाजिर गराएपछि अहिले तस्कार तथा बदमासी गर्नेहरुको दुरदशा सुरु भएको शे फोक्सुण्डो गाउँपालिका –४ का इमान गुरुङले बताउनुभयो ।
बिभिन्न स्वार्थ समुह , राजनीतिक पहुँचकै आधारमा हुँदै आएको संस्थागत तस्कारी समेत अहिले ठप्प भएको गुरुङले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय डोल्पाले वर्षेनी हतियार बुझाउन सार्वजानिक सूचना प्रकाशित गरेपनि सो सूचनाबाट कुनै मतलवै नगरेका तस्कारहरु अहिले निकुन्जले कडा अनुगमण तथा जाँचका बढाएपछि भारी मात्रामा हतियार कव्जा हुँन थालेका छन् । पछिल्लो रेकर्ड अनुसार ७० थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल ,१० थान इन्सास राइफलका गोलीहरु तस्करबाट निकुन्जले कव्जामा लिएको छ ।
पहिले वन्यजन्तु देख्नका लागि धेरै टाढा हिड्न जानुपर्ने हुन्थ्यो , आजभोली सदरमुकाम नजिकै रहेको सुलिगाड आसपासको क्षेत्रमा सजिलै देख्न सकिने सर्वसाधारणहरु बताउँछन् । काम प्रति जागर आँट र मेहनत गरेमा परिवर्तन ल्याउनका लागि ठुलै यूद्ध हुँन पर्छ भन्ने छैन , स साना खुसीहरुमा पनि संमृद्धी देख्न सकिन्छ डोल्पाका राससकर्मी रामचन्द्र न्यौपाने बताउँछन् । कम खाद्यान्न उत्पादन हुँने डोल्पामा जडीवुटीका लागि भने निकै महत्वपूर्ण भूभाग रहेको छ । जडीवुडीको भण्डारकै रुपमा स्थापित डोल्पा विकट भूबनोट भएपनि प्रकृतिक सम्पदाका हिसावले निकै धनी रहेको छ । निम्न अवस्थाका कृषकहरु भन्दा केही मुठीभरका मान्छेको पहुँचमा तस्करी गदै भारी अवैद्य धन कमाउन पल्केकोहरु भने अहिले रात ,दिन निन्द्रा नै नपर्ने गरेको स्थानीयवासीहरु बताउँछन् । गरिवहरु सधै ,गरिव हुँनुपर्ने तर केही पहुँचवालाहरु प्रकृतिक सम्पदा माथी दोहन गरेर व्यक्तिगत लाभ लिने परिपार्टी कम भएपछि अहिले उनीहरुको रुवावास नै सुरु भएको पत्रकार न्यौपानेको भनाइ छ ।
निकुन्जको संरक्षणमा भारी सफलता हात परेसँगै त्यसको प्रतिफल समेत देखा पर्न थालेको छ । निकुन्जमा नाउरको सङ्ख्या बढेको निकुन्जले जनाएको छ । विगत तीन वर्षको आकाडा हेर्दा निकुन्ज भित्र आधा वन्यजन्तु बढेको निकुन्जका प्रमुख सरोजमणी पौडेलले जानकारी दिनुभयो । बन्यजन्तु बढेसँगै स्थानीयवासीले लगाएको अन्नबालीमा क्षती पुगेको स्थानीयवासीहरुको गूनासो छ ।
निकुन्जले कृषकहरुको क्षेतीको विवरणका आधारमा राहत उपलव्ध समेत गराइरहेको बताएको छ । राहतका विषयमा खासै जानकारी नभएका यहाँका सर्वसाधारणहरु अहिले निकुन्जबाट क्षतीको राहत पाइने जानकारी पाएसँगै खुसी भएका मात्र छैनन् , निकुन्जप्रति हेर्ने दृष्टिकोण समेत बदलिएको छ ।
क्षेतिको राहत पाएसँगै निकुन्ज आसपासका सर्वसाधारणहरु बन्यजन्तुको तस्करी गर्ने गिरोहका विरुद्धमा चनाखो भएर लागेको निकुन्जले जानकारी दिएको छ । राहत र क्षेतीपूर्ती जानकारी नपाए सम्म आक्रोषित भएका जनसाधारणहरु अहिले वन्यजन्तुहरु प्रतिशोधका कारण मृत्यु हँुने कार्य रोक्न समेत आफै सक्रिय भएर लागेको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिनुभयो ।
निकुन्जमा हिउँ चितुवा पाइने भएकाले समेत बढी निगरानी गर्नुपर्ने बाध्यता आइलागेको अधिकृत न्यौपानेले बताउनुभयो । निकुन्जबाट आएका (हिउँ चितुवा) जंगली जनावारले स्थानीयवासीको पशुचौपायमा पारेको क्षतीको समस्या हल गर्न निकुन्जले नै रु १ करोड ६० लाखको पशुविमा कार्यक्रम गरिदिएपछि स्थानीयवासी र निकुन्जको सम्वन्ध थप प्रगाढ बन्दै गएको उहाँको भनाइ छ ।
गाउँपालिका र निकुन्ज बीचमा हरेक मुद्धामा सहकार्य हुँदै आएको समेत उहाँले जानकारी दिनुभयो । निकुन्ज भित्र हुँने चोरी ,निकासीका विषयमा समेत गाउँपालिका गम्भिर ढंगले लागेको न्यौपानेले दावी छ । चोरी,पैठारी र तस्करबाट निकुन्जलाइ जोगाउका लागि ५ वटा हिउँ चितुवा संरक्षण समिति गठन हुँनुका साथै विमा सम्वन्धि तालिम समेत प्रदान गरिएको निकुन्जले बताएको छ । सालदाङ , भिजेर, धो , फोक्सुण्डो ,डोल्फू क्षेत्रका करिव १ हजार घरधुरीलाई निकुन्जले पशुविमा गरिसकेको जनाएको छ । यो क्षेत्र सवै भन्दा बढी क्षेती पुग्ने इलाकामा रुपमा परिचित रहेको छ ।
गाउँपालिका र निकुन्ज बीचमा हरेक मुद्धामा सहकार्य हुँदै आएको समेत उहाँले जानकारी दिनुभयो । निकुन्ज भित्र हुँने चोरी ,निकासीका विषयमा समेत गाउँपालिका गम्भिर ढंगले लागेको न्यौपानेले दावी छ । चोरी,पैठारी र तस्करबाट निकुन्जलाइ जोगाउका लागि ५ वटा हिउँ चितुवा संरक्षण समिति गठन हुँनुका साथै विमा सम्वन्धि तालिम समेत प्रदान गरिएको निकुन्जले बताएको छ ।
सालदाङ , भिजेर, धो , फोक्सुण्डो ,डोल्फू क्षेत्रका करिव १ हजार घरधुरीलाई निकुन्जले पशुविमा गरिसकेको जनाएको छ । यो क्षेत्र सवै भन्दा बढी क्षेती पुग्ने इलाकामा रुपमा परिचित रहेको छ ।
उपल्लो डोल्पाका स्थानीयवासीहरुको मुख्य जीविकोपार्जन गर्ने मुख्य आधार नै पशुपालन रहदै आएको छ । स्थानीयका पशु चौपायलाइ निकुन्जकै पहलमा समय ,समयमा खोप सेवा समेत समेत प्रदान गरिदै आएको छ । संघ ,संस्थाले निकुन्जमा सञ्चालन गर्ने कार्यक्रमहरु व्यवस्थित गरेर लिएपछि बीचमा कमिसन खाने, बदमासी गर्ने कार्य ठप्प भएको छ । वन तथा वातावरण मन्त्रालयको स्वीकृती विना कुनै पनि योजना निकुन्ज तथा मध्यवर्ती क्षेत्रमा नगर्न लिखित अनुरोध पछि एक वर्ष यता सो कार्य गर्न सवै राजी भएको निकुन्जले जानकारी दिएको छ ।
निकुन्जमा हुँने आम्दानीको ५० प्रतिशत रकम १७ वटा मध्यवर्ती क्षेत्रका समितिलाइ उपलव्ध गराएसँगै यहाँका स्थानीयवासीले आर्यआर्जन , सामुदायिक विकास , रोजगारी र निकुन्ज संरक्षणमा विशेष ध्यान दिन गतीका साथ अगाडी बढेको निकुन्जको दावी छ । २४ वटा गाउँहरु रहेको निकुन्जमा यहाँको विकास, संमृद्धी र पर्यावरण सन्तुलित रुपमा लैजानका लागि निकुन्ज ऐन संशोधन,निकुन्जको छुट्टै नियामावली ,निर्देशिका ,यार्सागुम्वा संकलन निर्देशिका संशोधनको काम सुरु भएको छ । साथै अन्य यहाँ पाइने जडीवुटीको हकमा समेत निर्देशिका तयार पारिएको निकुन्जका प्रमुख सरोजमणी पौडेलले जानकारी दिनुभयो ।
निकुन्ज र स्थानीयबीचमा यस्तो छ सहकार्य ?
वन,जंगल र वन्यजन्तु जोगाउनका लागि निकुन्जको सक्रियतामा १७ वटा मध्यवर्ती क्षेत्रमा समिति गठन गरेको छ । त्यस्तै २४ वटा मध्यवर्ती सामुदायिक वनहरु , ५ वटा हिउँ चितुवा संरक्षण समितिहरु , १ वटा नेचर गाइड असौसिएइसन, १ वटा शे फोक्सुण्डो पर्यटन समन्वय समिति र जिल्ला स्तरिय वन्यजन्तु अपराध नियन्त्रण इकाई समेत गठन गरि परिचालन गरिएको छ ।
निकुन्जले ८० भन्दा बढी तस्कारहरुलाइ पक्राउ गरेको छ । ३०० भन्दा बढी क्यामराले निकुन्जको सुरक्षार्थ निगरानी गरिरहेको बताएको छ । निकुन्ज भित्र प्रवेश गर्ने हेलिकोप्टरहरु जथाभावी अवतरण गर्ने विगतको चलनलाई अन्त्य गरि विधिमा चल्न सुसूचित गराएको छ । केही महिना अघि हेलिकोप्टर जाँच गर्दा सुकुटी बरामत भएपछि हेलिकोप्टर चालकलाई मुद्धा चलाएको थियो । निकुन्जको एक्सनसँगै अहिले जथाभावी हेलिकोप्टर निकुन्जमा अवतरण कार्य रोकिएको
यसै बीच निकुन्जले ८० भन्दा बढी तस्कारहरुलाइ पक्राउ गरेको छ । ३०० भन्दा बढी क्यामराले निकुन्जको सुरक्षार्थ निगरानी गरिरहेको बताएको छ । निकुन्ज भित्र प्रवेश गर्ने हेलिकोप्टरहरु जथाभावी अवतरण गर्ने विगतको चलनलाई अन्त्य गरि विधिमा चल्न सुसूचित गराएको छ । केही महिना अघि हेलिकोप्टर जाँच गर्दा सुकुटी बरामत भएपछि हेलिकोप्टर चालकलाई मुद्धा चलाएको थियो । निकुन्जको एक्सनसँगै अहिले जथाभावी हेलिकोप्टर निकुन्जमा अवतरण कार्य रोकिएको हो । निकुन्जको अनुमती नलिएर जथाभावी हेलिकोप्टर उडाउने कार्य बन्द गरिएको निकुन्जले जानकारी दिएको छ ।
यार्सागुम्वा व्यवस्थापन निर्देशिका २०७३ ले देशैभरीका मानिसले यार्सागुम्वा संकलन गर्न पाउने उल्लेख भए वमोजिम सवै आम नागरिक निकुन्जमा आएर फोहोर , चोरी,निकासी तथा पासो हालेर निकुन्जमा वन्यजन्तु मार्ने काम बढेकोले यसलाई रोक्नका लागि डोल्पाका स्थानीयले मात्र यार्सागुम्वा संकलन गर्न पाउने गरि यार्सागुम्वा संकलन निर्देशिका संशोधनका लागि विभागमा लेखि पठाएको निकुन्जले बताएको छ ।
यार्सागुम्वा व्यवस्थापन निर्देशिका २०७३ ले देशैभरीका मानिसले यार्सागुम्वा संकलन गर्न पाउने उल्लेख भए वमोजिम सवै आम नागरिक निकुन्जमा आएर फोहोर , चोरी,निकासी तथा पासो हालेर निकुन्जमा वन्यजन्तु मार्ने काम बढेकोले यसलाई रोक्नका लागि डोल्पाका स्थानीयले मात्र यार्सागुम्वा संकलन गर्न पाउने गरि यार्सागुम्वा संकलन निर्देशिका संशोधनका लागि विभागमा लेखि पठाएको
साइटिसले प्रतिवन्ध गरेको जटामसी लगाएतका जडीवुटी चोरी निकासी गरि बाहिर जिल्लाबाट छोड पुर्जी दिने गलत प्रचलन रोक्न समेत निकुन्ज सफल भएको छ । त्यस्तै निकुन्ज र मध्यवर्ती क्षेत्रमा रहेका सरकारी वन क्षेत्रहरुमा इआए, आइई प्रतिवेदन तयार र वन तथा वातावरणमन्त्रालय सँग स्वीकृत नलिई कुनै पनि काम नगर्न पत्राचार गरि सचेत बनाएसँगै सोही अनुसारको काम सुरु भएको निकुन्जको दावी छ ।
उपल्लो डोल्पाका स्थानीय तहले समेत सो कार्यलाई सहकार्य मार्फत अगाडी बढाएको बताएका छन् । पर्यटकको राम्रो गन्तव्य बन्न सफल भएको शे फोक्सुण्डो ताल तथा निकुन्जमा घुम्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग गदै आएका पर्यटन व्यवसायीलाई भेला गरि शे फोक्सुण्डो पर्यटन समन्वय समिति गठन गरि पर्यटन र संरक्षणको कार्यलाई सन्तुलित समन्वयात्मक रुपमा विकास गरिएको छ ।
हिउँ चितुवा संरक्षण तथा यसको वास्तविक अध्ययन गर्न वर्षेनी नाउर गणना ( वर्षको २ पटक) गरिदै आएको छ । जाडो मौसमको नोभेम्वर पहिलो र बसन्त रितुको मौसममा अर्को पटक गणना गरिदै आएको छ ।
लामो समय पछि नियामावली, निर्देशिका संशोधन
निकुन्ज स्थापना भएको लामो समय पछि नियामावली , निर्देशिका संशोधनको काम सुरु भएको छ । २०४० सालमा स्थापना भएको निकुन्जमा २४ वटा गाउँ सोही समयमा थिए । सोही समयमा सवै खालका सुधारका लागि पहल कदमी लिएको भए अहिले निकुन्ज भित्र र आसपासका स्थानीयवासीले पटक , पटक आन्दोलन , विरोध गर्नुपर्ने अवस्था सिर्जना नहुँने पत्रकार विष्णुप्रसाद देवकोटाले बताउनुभयो ।
लामो समय पछि नियामावली , निर्देशिका संशोधनको काम सुरु भएको छ । २०४० सालमा स्थापना भएको निकुन्जमा २४ वटा गाउँ सोही समयमा थिए । सोही समयमा सवै खालका सुधारका लागि पहल कदमी लिएको भए अहिले निकुन्ज भित्र र आसपासका स्थानीयवासीले पटक , पटक आन्दोलन , विरोध गर्नुपर्ने अवस्था सिर्जना नहुँने
अव संशोधन हुँुदै गरेको नियामावली तथा निर्देशिकाले सिंगो डोल्पालाइ नै सहयोग पुग्ने आशा पत्रकार देवकोटा छ । शे फोक्सुण्डोको छुट्टै नियामावली र निर्देशिकाले डोल्पालीलाइ राहत पुग्ने अपेक्षा डोल्पाबासीको रहेको छ । पछिल्लो समय हुँन लागेको कामबाट सवै उत्साहित भएको बताएको छ । स्थानीयवासीले आफ्नो स्रोत साधन आफै प्रयोग गर्न पाउने सपना पूरा हुँने भएपछि उनीहरु खुसी भएको हुँन् ।
निकुन्ज तथा मध्यवर्ती क्षेत्र भित्र हुँन सक्ने चोरी,सिकारी नियन्त्रणको लागि स्थानीय सुराकीहरु , नेपाली सेना , तथा निकुन्जका कर्मचारी सहितको चोरी सिकारी नियन्त्रण इकाइ पुनः गठन गरि योजना बद्ध रुपमा काम गर्दा निकुन्जमा हँुने गरेका बदमासी ह्वातै घटेका छन् ।



