स्वास्थ्यकर्मी सम्पर्कमा नआउदा खेर जादै कोरोनाको खोप
जाजरकोट ः तोकिएको समयमा कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेपनि यहाँका स्वास्थ्यकर्मी समयमा खोप केन्द्र नआउदा खोप खेर गएको छ ।
१ भाइलमा १० वटा खोप रहने हुँदा एकै पटक सो १० वटा प्रयोगमा आउनुपर्ने हुन्छ तर यहाँ तोकिएको समय भित्र स्वास्थ्यकर्मीहरु खोप केन्द्रमा नआउदा एकै पटक १० वटा खोप प्रयोग हुँन सकेको छैन । आइतबार बेलुकी सम्मको नतिजा अनुसार जाजकोटमा १ हजार ९ सय ९० डोज मध्य ३५० डोज मात्र प्रयोग भएको छ ।
बाँकी ३८० डोज खेर गएको स्वास्थ्यसेवा कार्यालयका खोप फोकल व्यक्ती शान्तबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार दल्ली , छेडागाड र जुनिचाँदेमा खोप केन्द्र स्थापना गरिएको छ । सो ठाउँमा १६ गते देखि १९ गते सम्मा खोपका लागि समय निर्धारण गरिएको छ ।
भाइल खोलेको ६ घण्टा भित्र खोप प्रयोग नगरे स्वात सो खोप निष्किृय हुँन् गर्दछ । माघ १४ मा ४० जना , १५ गते ३९ जना , १६ गते १४२ जना , १७ गते १२९ जनाले मात्र खोप लगाएका छन् । मेडिकल अधिकृत भएको ठाउँमा मात्र खोप केन्द्र तोकिएको बुढाथोकीले जानकारी दिनुभयो ।