आफ्नो कुन चाहिँ बानी सुधार्न चाहन्छन् यी सेलिब्रेटी ? (प्रश्न एक उत्तर अनेक )

काठमाडौं– हरेक व्यक्ति हरेक कुराले पूर्ण हुँदैन । व्यक्तिमा कुनै न कुनै कमजोरीहरु भएकै हुन्छ ।

कसैमा स–साना कमजोरीहरु हुन्छन् भने कसैका अलि ठूला कमजोरीहरु हुन्छन् । यद्यपि, मानिसहरुले ती कमजोरीहरु समयसंगै सुधार्दै जान्छ ।

आफूमा भएको कमजोरी सुधार्दै अघि बढ्ने मान्छेले नै जीवनमा ठूलो प्रगति गर्छ । कमजोरी सुधार्दै अघि बढ्दा व्यक्तिले भविष्यमा त्यस्ता कमजोरीहरु नदोहोर्यामउने सम्भावना हुन्छ ।

यसैबीच, हामीले केही सेलिब्रेटीहरुलाई ‘तपाईंले आफूमा भएको एउटा बानी सुधार्ने मौका पाउनु भयो भने कुन बानी सुधार्नु हुन्छ रु’ भन्ने जिज्ञासा राखेका छौं ।

हामीलाई प्राप्त केही सेलिब्रेटीका धारणाहरु जस्ताको तस्तै ?

दीपकराज गिरी, चलचित्रकर्मी

विशेष गरेर कुनै पनि विषयमा चित्त नबुझेको कुरामाथि प्रतिक्रिया दिइहाल्ने बानी सुधार्न मन छ, तर नानीदेखि लागेको बानी के सुध्रिन्थ्यो होला र ?

केदार घिमिरे, अभिनेता

वर्षौं जुन पार्टीलाई गाली गर्यो, चुनावको बेला चाहिँ त्यही पार्टीलाई भोट हाल्ने बानी सुधार्नु छ ।

जीतु नेपाल, अभिनेता

हडबड गर्ने, चाँडो डिसिजन गर्ने, छिट्टो विश्वास गर्ने बानी सुधार्न चाहन्छु ।

पल्पसा डंगोल, अभिनेत्री


मान्छेलाई छिट्टो विश्वास गर्छु । त्यसैले मान्छे चिनेर, बुझेर संगत गरेर मात्र विश्वास गर्ने बानी सुधार्नेछु ।

यम बराल, गायक


आफू धेरै अरुसंग नरम तथा शिष्ट हुँदा विश्वासघात हुन्छ । त्यसैले ठिक्क हुनुपर्छ होला, यो बानी बिस्तारै सुधार्नु पर्ला ।

युवराज चौलागाईं, गायक


मेरो एउटा चाँडै विश्वास गर्ने बानी छ, जसको कारण कतिपय कुराहरुमा हानी भनौं अथवा नोक्सानी भैरहेको हुन्छ, यो बानीलाई म सुधार्न चाहन्छु ।

गम्भिर विष्ट, अभिनेतारनिर्देशक


सोसल मिडियामा धेरै नै व्यस्त हुने बानी छ, त्यसलाई कम गर्ने थिएँ ।

दीपक आचार्य, अभिनेतारनिर्देशक


मेरो एउटा बानी सुधार्नु पर्ने भए म दिनहुँजसो मोबाइलको स्क्रिनमा बुढी औंला करिव पाँच किलोमिटरसम्म दौडाउने बानी सुधार्थें होला । किनकि अहिलेसम्म मैले त्यो मोबाइलमा खोजेको कुरा भेट्टाउन सकेको छैन । किनकि मेरो औंलाले मोबाइलाको स्क्रिनमा के खोजेको भन्ने कुरा नै मलाई थाहा छैन । बेफाकमा खोजेको छ, खोजेको छ । उसै पनि आजकल मोबाइलमा भेटिने खुराकहरु सकारात्मकभन्दा नकारात्मक धेरै छन्, जसले दिमाग खराबमात्र हुन्छ । हे भगवान, मलाई यो मोबाइलको लतबाट छुटकारा देउ प्रभू ।

डिजे तेन्जिङ, संगीतकर्मी


मेरो अलि छिट्टै रिसाउने बानी छ । त्यसैले त्यस्तो मौका पाएँ भने छिट्टै रिसाउने बानी सुधार्छु ।

सन्दिप न्यौपाने, गायक

मैले सुधार्नु पर्ने बानी भनेको मैले कसैलाई नाईँ भन्न सक्दिन र भने अनुसारको समय पनि दिन सक्दिन । यो बानी सुधार्नु पर्ने देखिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!