अनलाइनबाटै प्रेम गर्नेहरुले ध्यान दिने चार कुरा

काठमाडौं– अहिलेको विश्व नै इन्टरनेटमा निर्भर भएको छ । इन्टरनेटमा निर्भर भएका विश्वभरीका मानिसहरु अहिले सामाजिक सञ्जालको प्रयोग विभिन्न कुराका लागि गरिरहेको छ ।

पुराना स्कूलका साथीसंग सम्पर्क बनाइ राख्नदेखि लिएर करियर नेटवर्किङसम्मका कार्यका लागि अहिले इन्टरनेटलाइर् नै तिव्र रुपमा प्रयोग गरिएको छ ।  यिनै कुराहरुबीच अनलाईनमार्फत डेटिङ गर्नेहरु कुरा पनि समावेश छन् ।

अनलाइनमार्फत जोडि फेला पारेर डेटिङ गर्ने प्रचलन पछिल्लो समय ह्वात्तै बढेको छ ।

सुन्दा अनौठो लाग्न सक्छ, तर पछिल्लो समय हरेक तीन वटा जोडीहरुमध्ये एउटा जोडी अनलाईनमार्फत नै बाँधिएको हुन्छ ।

अहिले मानिसहरु खुलेर सामाजिक सञ्जालदेखि डेटिङ साइटमा आफ्ना जोडीको खोजी गरिरहेका मात्र छैनन्, पर्सनल स्पेसका साथ आफ्नो प्रोफाइललाई पनि मन्टेन गर्न पछि पदैनन् ।

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपसहित प्रेमि–प्रेमिकालाई भेटाउनेकै लागि खुलेका अनलाइन डेटिङ साइटहरुमा आकर्षक प्रोफाइल बनाउने फेसन नै चलेको छ ।

यस्तो स्थितिमा अहिले आधाभन्दा बढि संसार यस्ता डेटिङ साइट, डेटिङ एप्स तथा सोसल साइटको माध्यमबाट आफ्ना प्रेमि–प्रेमिकाको खोजि गर्न लागेको छ ।

अहिलेका युवा–युवतीहरु आफ्ना लागि योग्य जोडि फेला पार्नका लागि अनलाइन डेटिङ साइटदेखि सोसल साइटसम्म विभिन्न प्रयोग समेत गरिरहेका छन् ।

केही प्रयोगहरु यस्ता छन् 

जब अनलाइन डेटिङको कुरा आउँछ, युवक र युवती विशेष रुपले एक–अर्काको प्रोफाइल पिक्चर हेर्छन् । यहि क्रममा प्रायस् तपाईंको व्यक्तित्व, तपाईंको फोटोहरु र हाउभाउलाई ध्यान दिन्छन् । यद्यपि कुनै पनि अपरिचित व्यक्तिलाई आफूतिर अकार्षित गर्नका लागि यी कुराहरु सामान्य हुन्, तर प्रायस् तीनै कुराहरुलाई आधार बनाएर उनीहरु आफ्ना कुरा अगाडि बढाउँछन् ।

यथार्थपरक जानकारी
यदि तपाईं अनलाइन डेटिङको माध्यमबाट आफ्नो जीवनसाथीको चयन गरिरहनु भएको छ अथवा कसैसंग कुराकानी गर्ने कोशिश गरिरहनु भएको छ भने तपाईंले के कुरामा ध्यान दिनु पर्छ भने तपाईंले दिएका सबै जानकारीहरु सही–सही होस् । यो किन पनि अनिवार्य छ भने प्रायस् केटा अथवा केटीले आफ्नो विपरित लिंगीको बायो अवश्य चेक गरेको हुन्छ, जसको आधारमा नै उनीहरुले उनीहरुबीचको आगामी सम्बन्ध कस्तो हुनेछ भन्ने कुराको अनुमान लगाउन सक्छन् ।

यौनजन्य विषय त छैन 
खासगरी यो कुरा युवतीहरुमा लागू हुन्छ । उनीहरुले डेट गर्ने युवकको प्रोफाइलमा कुनै यौनजन्य विषयवस्तु त समावेश गरेको छैन भनेर विचार गरिरहेकी हुन्छिन् । त्यसक्रममा युवतीले युवकको यौनप्रतिको धारणा के रहेछ भन्ने कुरा बुझ्ने मौका पाउँछिन् ।

एक्शन सट

एक्शन शटको अर्थ यहाँ ती कुराहरुको बारेमा भनिएको हो, जसमा तपाईंप्रति अरुको आकर्षण बढ्छ ।
यदि तपाईंमा कुनै पनि प्रकारको कला जस्तो गायन, नृत्य, चित्रकला आदि छ भने त्योसंग सम्बन्धित गतिविधिहरु तपाईंले आफ्नो प्रोफाइलमा राखेर विपिरित लिंगीलाई आकर्षित गर्न सक्नु हुनेछ । यसो गर्दा कुनैपनि युवक अथवा युवती तपाईंप्रति तुरुन्त मन्त्रमुग्ध हुनेछन् । यस्ता कुराले तपाईंको प्रोफाइलमात्र सकारात्मक बन्दैन, मानिसहरु तपाईंको प्रोफाइलप्रति आकर्षित समेत हुन्छन् ।





error: Content is protected !!