साइबर अपराधबाट कसरी बच्ने

इन्टरनेट र मोबाइल फोनको पहुँच बढेसँगै फेसबुक, युट्युब, ट्विटर, भाइबर, इमो, आदि सामाजिक सञ्जालमा नेपाली युवाको सक्रियता पनि बढिरहेको छ। यो सँगै विद्युतीय अपराध पनि बढ्दो छ। कोरोना महामारीले गर्दा फुर्सदले यस्ता अपराधलाई अझै बढावा दिइरहेको छ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन धेरै राष्ट्रले लकडाउन गर्नुका साथै इन्टरनेटबाट हुनसक्ने काम जति सबै घरमै बसेर काम गर्ने प्रबन्ध थुप्रै संस्थाले मिलाए। यस्तो परिस्थितिले साइबर अपराधीहरू थप सक्रिय हुनुका साथै साइबर सुरक्षामा ठुलो चुनौती दिइरहेका छन्।

साइबर अपराधको के कस्ता लक्ष्य गर्ने गरिन्छ  

अश्लील तस्बिरसँग जोडेर चरित्र हत्या गर्ने
झुटो सूचना प्रवाह गरेर भ्रम पैदा गर्ने
गोपनीयता भङ्ग गर्ने
अश्लील सामग्री खोज्ने र सेयर गर्ने
बैङ्क खाता सम्बन्धी गोप्य सूचना लिने
व्यक्तिगत विवरण लिएर ठगी, धोकाधडी, जस्ता अपराध गर्ने
साइबर अपराध किन बढिरहेको छरु

सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजानेर अथवा दुरुपयोग गरेर
साइबर सुरक्षा कमजोर भएर
आवश्यक नीति तथा कार्य योजनाको अभाव भएर
सुरक्षामा कम लगानी र नियमित सुरक्षा परीक्षण नभएर
साइबर अपराधबाट बच्ने उपायहरू के के हुन सक्छन्रु

साइबर अपराधबाट बच्न सम्भावित जोखिमप्रति सजग रहनुपर्छ।
आफ्नो फेसबुक इमेल तथा अन्य अनलाइन एकाउन्टको पासवर्ड कम्तीमा पनि महिनामा एकपटक परिवर्तन गर्ने गर्नुपर्छ।
नचिनेका व्यक्तिहरूलाई आफ्नो तथा परिवारको पृष्ठभूमि जानकारी गराउनु हुँदैन ।
अनावश्यक रूपमा नचिनेका व्यक्तिहरूसँग सम्बन्ध बढाउनु हुँदैन ।
अनावश्यक रूपमा गहना लगायत बहुमूल्य सामान तथा सम्पत्तिको प्रदर्शन गर्नु हुँदैन ।
आफ्नो क्रियाकलापका बारेमा परिवारका सदस्यहरूलाई जानकारी दिएर बाहिर हिँड्ने गर्नुपर्छ।
नजिकको प्रहरी तथा सुरक्षा निकायहरूको सम्पर्क नम्बर राख्ने र आवश्यक परेमा तुरुन्त खबर गर्ने गर्नुपर्छ।
आफ्नो दैनिकी वा आफ्नो जीवनमा घटिरहेका सम्पूर्ण कुराहरू कहिले पनि सामाजिक सञ्जालमा पोस्ट गरिराख्ने गर्नु हुँदैन।
कुनै पनि आपतविपत् परेमा १०० मा फोन गरेर नेपाल प्रहरीलाई जानकारी गराउने र सहयोग लिने गर्नुपर्छ।
आफ्नो साथमा परिचयपत्र,आफ्नो रगत समूह र पुरानो रोग कोबारेमा समेत जानकारी खुल्ने कागजातहरू राख्ने गर्नुपर्छ।
इन्टरनेटको बढ्दो प्रयोग सँगै आपराधिक क्रियाकलाप बढ्नु स्वाभाविक नै मान्न सकिन्छ। यस्तो अपराधमा पुरुषको तुलनामा महिला धेरै पीडित हुन्छन्। अश्लील फोटो फेसबुक वा मेसेन्जरमा पठाउने, धम्की दिने, मोबाइल नम्बर र अन्य व्यक्तिगत विवरण, आदि समस्या झेल्नुपरेको छ। त्यसैले पनि यस्ता समस्याबाट सकेसम्म जोगिने र यदि समस्या परिहाले प्रहरीमा उजुरी दिइहाल्नुपर्छ।

 





error: Content is protected !!