रक्तश्राव नरोएपछि हेलिकोप्टबाट उद्धार

जाजरकोट , छेडागाड नगरपालिका –४ की ४५ वर्षीया पदमी चदाराको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबार बेलुकी दशेरा स्वास्थ्य चौकीमा सुत्केरी हुनुभएकी चदाराको निरन्तर रक्तश्राव नरोकिएपछि आज दिउसो हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

राष्ट्रपती उत्थान कोषको सहयोगमा उहाँको उद्धार भई सुर्खेत स्थित प्रदेश अस्पतालमा उपचार भईरहेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो । हाल सम्म् जाजरकोटबाट १३ महिलाहरुको उद्धार भइसकेको छ ।





error: Content is protected !!