तिम्रो अन्त्येष्टि

सत्य पहाडी

अनुहारको चर्चा गर्न सक्दिन
प्रसंशाको बर्षा गर्न पनि सक्दिन
त्यसैले तिम्रो जानी दुस्मन म
किन कि मन नपराएको म
तिमिबाट नजन्माईएको

नहुर्काईएको म
मैले पिडाको आँसु पुछ्न भने
निभेका चुलोहरु बाल भने
आँखामा समृद्धिको सपना सजायर
चुहिने छानाहरु फेर भने
आमाहरुका च्यातियका गुन्युहरु
बाबाहरुका टालेका भेंटाहरु
फेर्ने तिम्रो दायीत्व हो फेर भने
यति बिघ्न के विराए ?
तिमिले त मेरो अस्तित्व
सरेआम च्यातिदियौ
दिदि , बहिनी आमा छोरी
बुहारी र नानी हरुको रक्षा गर्ने
तिम्रो कर्तव्य हो गर भने
जननीको छातीमा लात हान्नेहरुनलाई
जंजीर लगाउ

आगनबाटै धपाउ
जोगाउनु तिम्रो संकल्प हुनु पर्छ
जोगाऊ भने के गल्ति गरे ?
तिमीले त मलाई नै वलात्कार गर्यौ
घर जलायर खरानी बेच्ने
सफेद भित्र को कालो कर्तुत
बकवास अनि झुट
तिम्रो पहिचान पो रहेछ
आफन्तको गला रेटेर
पाराईको मुटुमा बास बस्ने
उसैको साथको दास बन्ने
मुक्ति , स्वातन्त्रता र स्वाधिनता माथि
तिमिले गरेको व्यभिचार
अक्ष्यम्य बनिसक्यो
आफ्नै मातृत्वको
बस्त्राहरण गर्ने

तिम्रो आदत असीमित भैसक्यो
अति गरे खति हु्न्छ
अव आफ्नै अहंकारको चितामा
आफनै अवसानको घाटमा
तिम्रै आफ्ना भनिनेहरुने
कुत्सित तिम्रा उद्देश्य संगै
तिम्रो अन्त्येष्टि गर्दैछन
सिध्दान्त बिषाख्त मति संगै
एउटा दागवत्ति जलाईरहेछन ।
म यतिबेला जिवितै छु
म संग उपाय केहि छैन
केवल तिम्रो जलेको चिता
मनमा मलम लगाउदै हेरीरहेछु





error: Content is protected !!