दाहाल–नेपाल समूहले पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

काठमाडौँ — नेकपाको पुुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ ।

सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्ज पोखरेल र गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई जिम्मेवारीबाट हटाएको हो ।

बैठकले लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकेको छ । बैठक नेपालको अध्यक्षतामा बसेको थियो ।





error: Content is protected !!