साढे १८ किलो अफिमसहित ३ जना पक्राउ

रुकुमपूर्व — प्रहरीले १८ किलो ५ सय ग्राम लागूऔषध अफिमसहित ३ जनालाई पक्राउ गरेको छ ।

भूमे गाउँपालिका–३, झुम्लाबाङका ३४ वर्षीय ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४, अमलाचौरका ५८ वर्षीय मन्सराम खत्री र भूमे गाउँपालिका–३, झुम्लाबाङ घर भइ वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षीय हिक्मत पुन छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । उनका अनुसार ताराप्रसाद र मन्सरामलाई १४ गते राति ११स्५० बजे सिस्ने गाउँपालिका–६ को छिप्रिदहस्थित एक होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो ।

अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको डिएसपी बज्राचार्यले बताए ।

१४ गते दुई जनालाई पक्राउ गरी थप अनुसन्धान गर्दा हिक्मत पनि अफिम कारोबारमा संलग्न भएको खुलेको हो । ५ किलो ५ सय ग्राम अफिमसहित हिक्मतलाई पनि प्रहरी बिहीबार पक्राउ गरेको हो ।





error: Content is protected !!