यमनका मन्त्रीहरु चढेको विमानमा आक्रमण २२ जनाको मृत्यु

कायारो ः यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । हालै गठन भएको सरकारका मन्त्रीहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै दुईवटा विस्फोट गराइएको हो । विस्फोटपछि गोली समेत चलेको थियो । धावनमार्गमा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको हो ।

अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ र श्रम मन्त्रालयका उपसचिव मारिएका छन् । दुई जना उपमन्त्री घाइते भएका छन् । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् ।

मृत्यु र घाइते हुनेमा सहायतामा जुटेका मानिसहरु रहेको बताइएको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको आरोप लगाएका छन् ।





error: Content is protected !!