छोरीले गरिन बाबुको किरिया

जाजरकोट – छोराहरु मात्र बाबा र आमा मृत्यु हुँदा किरिया बस्ने चलको अन्त्य गदै नलगाड नगरपालिका ८ कार्यखेतमा बाबाको किरिया छोरीहरु बसेका छन् । ८१ बर्षीया मनसुर शाहीको मृत्यु पछि छोरीहरु सुसिला शाही (सिंह) , गोमा शाही किरिया बसेको हुँन् । उनीहरुको साथमा नाती हरीबहादुर शाही समेत क्रिया बसेका छन् । समाज रुपान्तरण र छोरी माथी हुँने विभेदको अन्त्यको लागि यो कदम चालिएको सुसिलाको भनाइ छ । मृतक शाहीका सवै छोरीहरु मात्र छन् ।








