कांग्रेसको विरोध कार्यक्रममा कम्यूष्टिको गीत देखि प्रधानमन्त्रीको माग सम्म ( भिडियो सहित)

जाजरकोट ः जाजरकोट सदरमुकाममा नेपाली कांग्रेसको विरोधसभा सकिनै लाग्दा कम्युनिष्टको चुनावी गीत बजेपछि दर्शकहरु अचम्मित भएका छन् । विरोध कार्यक्रममा प्रयोग भएको साउण्ड सिस्टमबाट नै कम्युनिष्टको गीत अर्थात सुर्यमा भोट भन्ने गित बजेको थियो । त्यस्तै सदरमुकाम परिक्रम गरी ठाँटी बजारमा आएर कार्यक्रम स्थलमा पुग्नै लाग्दा नेपाली कांग्रेस के भन्छ , केपी ओली ल्या भन्छ लगाएका नारा लाग्दा अनौठो भएको थियो । नारा लगाउदा के पी ओली ल्या भन्छ भनेर मजाले नारा लागेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता बेदराज सिंहले अव कांग्रेस जागेको भन्दै जनताको भरोसाकोदल भएको दावी गरे । सवै काम कांग्रेसले गरेको भन्दै कम्युनिष्टले भ्रम छरेको बताए । कार्यक्रममा नेपाली कांग्रेस सभापती दिपकजंग शाहले संसारमा सवै भन्दा बढी मिगौला भएको प्रधानमन्त्री केपी ओली भएको बताए ।










