‘आपतकालिन अवस्थामा हिंसा न्युनिकरणका लागि ऐन बनाइने

सुशीला रेग्मी

रामपुर (पाल्पा), आपतकालिन अवस्थामा हिंसा न्युनिकरण गर्नका लागि पाल्पाको रामपुर नगरपालिकामा लैङ्गीक हिंसा सम्बन्धी ऐन, नियम बनाउन लागिएको  छ ।

ऐन , नियम बनाएर काम गर्न लागिएको बताउदै नगर प्रमुख रमणबहादुर थापाले भन्नुभयो , जनचेतना र शिक्षाले लैङ्गीक हिंसा कम गर्न सकिने र हिंसा न्युनिकरणका लागि नगरपालिकाले वडा तहबाट विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले हिंसामा परेका व्यक्तिले घटना लुकाएर राख्दा देशमा पछिल्लो समय हिंसाका घटना बढ्दै गरेको बताउनुभएको छ ।

सम्बन्धित निकायमा हिंसा पीडितले गुहार्न पनि नसकिरहेको अवस्था रहेको बताउँदै उपप्रमुख आचार्यले कोही व्यक्ति हिंसामा परेको छ भने न्यायिक समितिमा ढुक्कका आफ्ना समस्या राख्न अनुरोध गर्दै गोपनियता भङ्ग नहुने गरी समस्याको समाधानको उपाय न्यायिक समितिले निस्पक्ष रुपमा गर्ने बताउनुभएको छ ।





error: Content is protected !!