कस्तूरी पालन जाजरकोटमा , कस्तूरीको प्रजनन केन्द्रले व्यवयायिक रुप लिने

हेमन्त न्यौपाने
काठमाडौँ ः कस्तूरीको व्यससायिक पालन गर्नका लागि जाजरकोटको बारेकोट गाउँपालिकाको सक्ला रानीचौरमा कस्तुरी प्रजजन केन्द्र स्थापनाका लागि काम तिव्र रुपमा अगाडी बढेको छ ।

अघिल्लो आर्थिक वर्ष देखि सुरु गरिएको काम अहिले तिव्र रुपमा अगाडी बढेको हो । कस्तूरी  पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अहिले प्रजजन केन्द्रका लागि भवन निर्माणका कामहरु भइरहेका छन् । साढे तीन करोड भन्दा बढी लगानीमा राष्ट्रिय प्रकृती संरक्षण कोष (एनटीएनसी ) ले काम अगाडी बढाएको छ । बारेकोटका अग्ला हिमालमा पाइने कस्तूरीलाइ रानीचौरको प्रजनन केन्द्रमा ल्याएर बच्चा उत्पादनको काम हुँने छ ।

वनमन्त्रीको गृहजिल्ला समेत रहेको जाजरकोटमा कस्तूरी व्यवसायिक पालन सुरु भएपछि स्थानीयवासीहरु खुसी भएका छन् । बारेकोटको अग्ला हिमालमा थरी,थरीका जंगली जनावर पाइने गर्दछन् । नेपालमा कालो , कश्मीर, अल्पाइन, हिमाली गरी चार प्रजातिका कस्तूरी पाइन्छन् भने जाजरकोटमा यि मध्य केही जातीका पाइने बताएको छ । जाजरकोटमा स हिमाली र कश्मीर प्रजातिलाई प्रजनन केन्द्रमा राखेर बीउ प्राणी जन्माइने योजना रहेको छ ।

वन्यजन्तु पालनका लागि सरकारले शुल्क सहित २०७६ मंसिर २३ गते लाइसेन्स र बीउ प्राणीका लागि राजपत्रमा प्रकाशित गरि व्यवसायका लागि खुल्ला गरेको छ । कस्तूरी पालनको लाइसेन्स लिन एक लाख र एउटा बीउ प्राणीको ७५ हजार रुपैयाँ दस्तुर तोकिएको छ । कस्तूरी हिमाली क्षेत्रमा पाइने र तत्कालै उपलब्ध गराउन असम्भव भएकाले प्रजनन केन्द्रमा बीउ प्राणी उत्पादन गर्ने योजना अघि बढाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । जाजरकोटमा प्रजनन केन्द्रमा जन्माएर कस्तूरी  पाल्न चाहने व्यक्ति र संस्थालाई बीउ प्राणी उपलब्ध गराउने योजना रहेको छ । जाजरकोटको बारेकोट सक्ला रानीचौरमा २ हजार १ सय मिटरमा भवन बन्दै गरेको छ ।

रानीचौरमा  कस्तूरी प्रजननका लागि प्राकृतिक बासस्थान र तापक्रमसमेत सन्तुलन राम्रो भएकाले यहाँ काम गर्न लागिएको हो । प्रजनन केन्द्रमा भाले र पोथी गरी कम्तीमा २० वटा कस्तूरी मृग प्राकृतिक बासस्थानबाट संकलन गरि यहाँ राखिने छ ।
कस्तूरीको प्रजनन गराउन र हुर्काउन सधै भरी २५ डिग्री सेल्सियसभन्दा कम चाहिने गर्दछ । कस्तूरी पालन पछि यहाँबाट उत्पादन हुँने सुगन्धित कस्तूरी (बिना) विक्री हुँने छन् । व्यावसायिक पालन खुला भएपछि अवैध चोरी रोकिने सरकारको अपेक्षा छ ।





error: Content is protected !!