नतिजामुखी कार्यका लागि अभियानमुखी गति

सुशीला रेग्मी

रामपुर (पाल्पा) कृषकलाइ आत्मनिर्भर बनाइ अर्थआर्जन गर्नका लागि पाल्पामा यो आर्थिक वर्षमा अभियानमुखी कार्यक्रम सञ्चालन गरिएको छ ।

अभियानमुखी कार्यक्रममा ५० हेक्टर क्षेत्रफलमा अभियानमुखी कागती र सुन्तला मिसन, २५ हेक्टरमा आलु मिसन, ५० हेक्टर क्षेत्रफलमा मकै मिसन, राजमार्ग आसपासको क्षेत्रमा व्यवसायिक तरकारी प्रवद्र्धन कार्यक्रम, प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम प्रयाप्त, कृषि ऋणमा व्याजको अनुदान दिने सुलभ कर्जा दिन लागिएको छ ।

स्थानीय सरकारसँगको व्यापक छलफलमा नतिजामूखी कार्यक्रम बनाइ कृषकलाइ जीवन रुपान्तरण गर्न लागिएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ । जिल्लाका स्थानीय तहका प्रमुख, अध्यक्ष तथा उपप्रमुख, उपाध्यक्ष संग छलफल तथा अन्र्तक्रिया गरि ठाउँ सुहाउदो कार्यक्रम सञ्चालन गरी कृषकसँग फलदायी बनाउन यो अभियान चलाएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रमलाई अगाडी बढाएको बताएका छन् ।

त्यसैगरी कृषि ज्ञानकेन्द्र पाल्पाले स्थानीय तहका कृषि प्राबिधिकसंग कार्यक्रमको योजना तर्जुमा, कार्यान्वयन, स्थानीय सरकार र प्रदेश सरकारका बारेमा जानकारी आदानप्रदान, आवश्यक सहयोग र समन्वय तथा छलफल समेत गरेको छ ।





error: Content is protected !!