उपप्रमुखले घोषणा ः सेविकालाइ उपप्रमुख कोषबाट एक लाख

सुशीला रेग्मी
रामपुर (पाल्पा), रामपुर नगरपालिकाले महिला स्वयमसेविकाको लागि एक लाख वजेट उपलब्ध गराउने भएको छ ।
१७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य उप प्रमुख कोषबाट सो रकम दिने घोषणा गर्नुभएको हो ।
कार्यक्रममा सहभागी स्वयमसेविकाले महंगी बढ्दै गरेको अवस्थामा स्वयमसेविकालाई सामान्य यातायात र टेलिफोन खर्च नगरपालिकाले उपलब्ध गराउन माग गरेका छन् ।








