वनमन्त्री बस्नेतद्वारा दुःख व्यक्त

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चार जनाका ज्यान लिने र सात जना घाइते हुनेगरी भएको हुम्ला जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मन्त्री बस्नेतले हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएको दुःखद् खबरले  आफुलाई मर्माहित बनाएको बताउनुभयो । उहाँले एक स्टाटस मार्फत दुर्घटनामा जीवन गुमाउने चारै जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइते सातै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

मन्त्री बस्नेतले मृतक परिवारलाई राहत तथा घाइतेको उपचारका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउँदै दुर्घटनाबारे तत्काल खबर गर्ने स्थानीयवासी तथा मिडिया जगत, उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सम्पूर्णप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभयो ।





error: Content is protected !!